26 September 2021  |   आइतवार, अशोज १०, २०७८

भेरी शित भण्ढार कृषकलाई बरदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २९, २०७३  

केशव राना
कोहलपुर, २९ साउन
कुनैबेला थियो, आलुको बिउ जोगाउनकै लागि देशका विभिन्न ठाउँका शित भण्डारको भर पर्नुपथ्र्यो । अझ भनौं भारतीय बजारको भर पर्नुपर्ने अवस्था थियो । तर, कोहलपुरमा भेरी शित भण्डारको स्थापना भएदेखि त्यो समस्या टरेको छ । आजभोली मध्य तथा सूदुरपश्चिमका कृषकहरुलाई आलुको बिउँ जोगाउन समस्या छैन । वि.स. २०६५ सालदेखि संचालनमा आएको भेरी शित भण्डारका कारण यस क्षेत्रका कृषकहरुलाई निकै सहज भएको छ । आलुको बिउँ जोगाउने मुख्य उद्देश्य राखेर स्थापना भएको शित भण्डारमा खाने आलु, अन्य विभिन्न तरकारी, फलफुलहरु पनि भण्डारण गर्ने गरिएको छ । भेरी सहकारी संस्था लि.ले संचालनमा ल्याएको शितगृह देशकै ठूलो शितगृह मध्येको एक हो । २०५१÷०५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शितगृह निर्माणको लबिङ्ग शुरु ग¥यो । २०५७ देखि शितगृहको प्रक्रियाका कामहरु थालानी गरियो । राष्ट्रिय सहकारी बोर्डसँग सम्झौता गर्ने, रकमहरु संकलन गर्ने काम शुरु गरिएको भेरी शित भण्डार सहकारी संस्था लि. अध्यक्ष डोलराज अर्यालले बताए । २०६१ देखि ०६४ सम्म निर्माणका क्रममा रहेको भेरी शित भण्डार २०६५ फागुनबाट भण्डारणको काम शुरु भयो । कृषि मन्त्रालयले निसर्त अनुदान ४ करोड २१ लाख रुपैंया दिएको अध्यक्ष अर्याल बताउँछन् । शितगृह निर्माणमा सहकारीका संस्थापक अध्यक्ष सत्यदेव भट्टराई, नारायण सिग्देल, डम्बर रावत, भरतलाल अधिकारी, किशोर शर्मा लगायतको मुख्य भूमिका रहेको छ । साथै यहाँका विभिन्न राजनैतिक दल, नगरविकास समिति, कोहलपुर गाविस, रझेना गाविस, सामुदायिक वन, जिविस बर्दिया, जिविस बाँके, किसान, व्यापारी, विभिन्न संघसंस्थाहरुले यसमा समन्वयात्मक भूमिका निर्वाह गरे । आयात प्रतिस्थापन विशेषगरी बाँके बर्दिया, दाङ्ग र सुर्खेतलाई लक्षित गरेर स्थापना गरिएको शितगृह कृषकका लागि बरदान सावित भएको छ । शितगृह स्थापना अघि कृषकहरुले बिउँ आलु राख्न काठमाडौं, भक्तपुर, नारायणघाट, हेटौडा सम्म लैजानुपर्ने बाध्यता थियो । जसले ढुवानी, समय र आर्थिक खर्च बढ्ने गरेको थियो । साथै बिउँ आलुको लागि भारतीय बजारहरुमा निर्भर हुनुपर्ने बाध्यता थियो । साथै बिउँ आलु कुहिएर जाने समस्या थियो । बाँके, बर्दिया, सुर्खेत र दाङ्ग बढी आलु उत्पादन हुने क्षेत्र अन्तरगत पर्दछन् । यहाँका कृषकहरुले आलुको बिउँ राख्न टाढाटाढासम्म धाउनुपर्ने तथा भारतको भरपर्नुपर्ने अवस्था थियो । शित गृह निर्माणसँगै यहाँका कृषकहरुलाई राहत महसुस भएको छ । बिउँ आलु नपाइने होकी भन्ने चिन्ता छैन कृषकहरुलाई । साथै भारतीय बजारबाट आउने बिउँ आलुलाई प्रतिस्थापन गर्न सफल भएको छ । ‘विशेषगरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ’ अध्यक्ष अर्यालले भने ‘पहिले जस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भरपर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।’क्षमता अपुगतत्कालिन बिउँ आलु बचाउनका लागि २५ सय मेट्रिक टन क्षमताको शितगृह निर्माण गरियो । कृषकहरुको माग बढ्दै जान थालेपछि शितगृहले आजभोलि कृषकका माग थेग्न सकेको छैन । २७ सय देखि ३ हजार मेट्रिक टनसम्म माग आएपछि शितगृहको भण्डारण क्षमता अपुग भएको छ । ‘दुईवर्ष यता कृषक, व्यापारीहरुको माग थेग्न मुस्किल भएको छ’ अध्यक्ष अर्यालले भने ‘क्षमता अपुग हुँदा भैरहवा र महेन्द्रनगर पठाउन बाध्य भएका छौं ।’
नयाँ शितगृह बढ्दो सहरीकरणसँगै कृषक तथा व्यापारीका माग बढ्न थालेका छन् । शितगृहमा तरकारी, फलफुल व्यापारीहरुले भण्डारण गर्न नपाउने स्थिति सिर्जना भएपछि सहकारीलाई एक किसिमको दबाब परेको छ । कृषक र व्यापारीहरुको मागलाई मध्यनजर गर्दै अर्को नयाँ शितगृह निर्माणको थालनी गरिएको छ । किसानहरुको मागलाई थेग्न नसकेको अवस्थामा नयाँ शितगृहको निर्माणको विकल्प नभएको अध्यक्ष डोलराज अर्यालको भनाई छ ।
जुम्लाका स्याऊ लक्षित भेरी शित भण्डार सहकारी संस्थाले १५ सय मेट्रिक टनको अत्याधुनिक शितगृहको निर्माण गर्दैछ । यसको निर्माणसँगै भेरी शितभण्डारको क्षमता ४ हजार मेट्रिक टन पुग्नेछ । ‘४ हजार मेट्रिक पुगेपछि देशकै सबैभन्दा ठूलो शितगृह हुनेछ’ अध्यक्ष अर्यालले भने ।
१५ सय मेट्रिक टनको शितगृह जुम्लाका स्याऊ लक्षित गरेर निर्माण शुरु गरिएको छ । जुम्लाका स्याऊका साथै अन्य फलफुल र तरकारीहरु पनि भण्डारण गर्ने सहकारीले लक्ष्य राखेको छ । फलफुल र तरकारीको चापलाई थेग्न नसकेपछि नयाँ शितगृह निर्माण गर्नुपर्ने आवश्यकता देखिएको सहकारीको भनाई छ ।  नयाँ बन्ने शितगृहका लागि साना तथा मझौला आयस्तर वृद्धि उपआयोजना रिजम एफपीले अढाई करोड सहयोग गरेको छ । कृषकहरुको मागलाई मध्यनजर गर्दै नयाँ शितगृहको निर्माणका लागि रिजम एफपीले सहयोग गरेको सहकारीले जनाएको छ । ‘नयाँ शितगृहका लागि रिजमएफपीसँग सहयोग माग्यौं’ अध्यक्ष अर्यालले भने ‘रिजम एफपीलाई हाम्रो योजना राम्रो लागेपछि सम्झौता भयो ।’ २०७१ चैत्रमा साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजना (रिजम एफपी) सँगको सम्झौता भएपछि १,५०० मेट्रिक टन क्षमताको शित गृह निर्माण कार्यले धमाधम भैरहेको छ । तराई, पहाड र हिमालका कृषक तथा यस क्षेत्रका कृषि तथा व्यापारसँग आवद्ध शेयर सदस्य तथा साना, मझौला कृषक सहित करिब १२ हजार १ सय जनाको आयस्तर वृद्धि हुने विश्वास लिइएको छ ।  शितगृहको निर्माणपछि बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ्ग, प्युठान, हुम्ला, जुम्ला, जाजरकोट, रुकुम, मुगु, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका कृषक तथा व्यापारी लाभान्वित हुने भेरी शित भण्डार सहकारी संस्था लि. अध्यक्ष डोलराज अर्यालले बताए ।

13624570_1021046988016592_1439880387_n
‘१,५०० मेट्रिक टन क्षमताको शितगृह निर्माण पश्चात तराईको आलुदेखि कर्णालीको स्याउ सम्मले बजार पाउनेछ’ अध्यक्ष अर्यालले भने । मल्टि चेम्बर भएकाले सबै किसिमका कृषिजन्य उत्पादनले स्थान पाउनेछन् । जसका कारण कृषकहरुले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्नेछन् । फलस्वरुप कृषकहरु आर्थिक सम्वृद्धितर्फ उन्मुख हुने अर्यालको भनाई छ । २०७३ चैत्र मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको यस उपआयोजनाको लागत ४ करोड ७४ लाख ८३ हजार ७९६ रुपैंया रहेको छ । जसमध्ये रिजमबाट अनुदान २ करोड ४९ लाख २२ हजार ७४ हुनेछ भने बाँकी रकम संस्थाले व्यहोर्नुपर्नेछ । ८२ फिट लम्बाई, ४४ फिट चौडाई, ६० फिट उचाई रहने नयाँ शितगृह ५ तले रहने सहकारीले जनाएको छ । थप शित गृहको निर्माण हुने निश्चित भएपछि यस क्षेत्रका कृषक तथा त्यससँग सम्बद्ध व्यवसायीहरु थप उत्साही भएका छन् । शितगृहको निर्माणसँगै कृषक तथा व्यापारी, व्यवसायीलाई आर्थिक फड्को मार्न मद्दत पु¥याउने कोहलपुर उद्योग व्यापार संघमा महासचिव केशवराज धितालले बताएका छन् । ‘कृषक, व्यापारी, व्यवसायीहरुलाई नयाँ शितगृहले थप टेवा पु¥याउनेछ’ उनले भने । बहुउद्देश्यीय शित भण्डारको निर्माण र स्तरोन्नतीले नासवान वस्तु निश्चित तापक्रममा राख्न पाइने भएकाले घाटा कम हुन्छ । तरकारी, फलफुल जस्ता नासवान वस्तुहरु सडेर जाने भएकाले शितगृहको निर्माणपछि यस्तो समस्या हुनेछैन । तरकारी, फलफुलहरुमा क्षति न्यूनिकरणमा नयाँ शितगृहले मद्दत पु¥याउने कोहलपुर कृषि उपज बजार केन्द्र संचालक समिति कोहलपुरका अध्यक्ष छबिलाल भट्टराईले बताएका छन् । नयाँ शितगृहको निर्मार्णसँगै तरकारी र फलफुलका लागि अन्यत्र जानुपर्ने, नासवान वस्तुहरु सडेर जाने, तरकारी र फलफुलमा भारतीय बजारको भरपर्नुपर्ने बाध्यता टर्ने विश्वास लिइएको छ ।

प्रकाशित मितिः शनिबार, साउन २९, २०७३     12:17:51 PM  |