17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

गुम्दैछ सामुदायिक विद्यालयप्रतिको विश्वास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३  

राबन विश्वकर्मा
बाँसगढी, २७ साउन
सामुदायिक विद्यालयप्रति अभिभावकहरुको विश्वास दिन प्रतिदिन खस्कँदै गएको छ । अभिभावकहरु सरकारी भन्दा पनि संस्थागत विद्यालयमा भर्ना गर्नेतर्फ लागिपरेका छन् । सामुदायिक विद्यालयहरुमा योग्यताका साथै तालिम प्राप्त शिक्षकहरु भए पनि अधिकांश अभिभावकहरुले आफ्ना छोराछोरीका लागि निजी विद्यालय नै रोज्ने गरेको पाईन्छ । निजी विद्यालयमा पढाउन सक्ने हैसियत भएका सबैले सामुदायिक छाडेर संस्थागत विद्यालयमा पढाउने गर्छन् । सरकारले सामुदायिक विद्यालयहरुको लागि अरबौं लगानी गरे पनि सामुदायिक विद्यालयहरुको सुधार देखिएको छैन । बाँसगढी स्रोत केन्द्रका स्रोत व्यक्ति ढाकाराम ढकालले सरकारी विद्यालयहरुको सुधार र गुणस्तरिय शिक्षाका लागि शिक्षक अभिभावक र सरोकारबाला निकायबीच अन्तत्र्रिmया हुन जरुरी रहेको बताए । विद्यार्थीहरुमा पढ्नु पर्छ र शिक्षकहरुमा पढाउनुपर्छ भन्ने भावनाको विकास गराउनुपर्ने उनले बताए । बर्र्दिया जिल्लाका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले सामुदायिक विद्यालय प्रति सकारात्मक सोच ल्याउन र विश्वासको बाताबरण बनाउन नागरिक शिक्षा अगाडि बढाउन आवश्यक रहेको बताए । उनले भने ‘अँग्रेजी शिक्षा मात्रै अनिवार्य होइन, अँग्रेजी एउटा भाषा मात्रै हो भन्ने कुरालाई प्राथमिकता दिदै अभिभावक शिक्षा आवश्यक छ ।’
उनले कतिपय निजी स्कुलहरु भन्दा सरकारी बिद्यालयहरुमा भौतिक पुर्बाधार, खेलमैदान, प्रशिक्षित शिक्षकहरु हुँदा हँुदै पनि अभिभावकहरुले नजिी स्कुलहरुलाई नै गुणस्तर सम्झेको बताए । अब शिक्षकहरुको लागि करार क्षमता लगायत पुरस्कार र दण्डमा आधारित प्रशासनलाई पनि अगाडि बढाउन आवश्यक रहेको बताए ।

प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३     11:46:50 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *