कोहलपुर, साउन २३
बाँकेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । शनिबार बिहान ३ बजे महादेवपुरी ७ ओभरीमा दुर्घटना हुँदा सहचालक तुलसीपुर ४ का १८ वर्षिय शंकर पुनको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै चालक पुरन्धारा ३ दाङ्गका २८ वर्षिय विकास बि.क. घाइते छन् । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको
छ । भैरहवाबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख ९८७० नम्बरको ट्रक ओभरी चेकपोष्टदेखि ३ किलोमिटर पूर्वमा दुर्घटनामा परेको थियो । सहचालकले चलाएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको कोहलपुर प्रहरीले जनाएको छ ।
बिहान ७ बजेदेखि शव निकाल्नका लागि जेसीबी डोजर प्रयोग गरिएपनि शव भने ६ घण्टापछि मात्रै निकालिएको हो । बिहानैदेखि शव निकाल्न नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी घटनास्थलमा खटिएका थिए । पूर्वबाट सरिया बोकेर आएको आएको सो ट्रक दायाँतर्फ मोडिएर दुर्घटनामा परेको छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन २३, २०७३