15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन १९, २०७३  

1

इ–रिक्सा र अटोरिक्साका चालक तथा व्यवसायीले मंगलबार हर्न बजाउँदै कोहलपुरमा निकालिएको विरोध ¥याली । उनीहरु ई–रिक्सा, अटो रिक्सालाई यातायात ब्यवस्था कार्यालयमा दर्ता गरी रुटपरमिट प्रदान गर्ने नीति ल्याउन माग गर्दै उनीहरुले दुर्घटना न्यूनिकरणका लागि ई–रिक्सा र चालक अनुमति पत्रको ब्यवस्था गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले साउन २० गतेदेखि २५ गतेसम्म विरोध स्वरुप कालो झण्डा टाँगेर ई–रिक्सा र अटो रिक्सा संचालन गर्ने कार्यक्रम तय गरेका छन् । साउन २७ गते विहान १० बजेदेखि ११ बजेसम्म एकघण्टा नेपालगन्ज–कोहलपुर सडक खण्डमा ई–रिक्सा र टेम्पो उभ्याएर चक्का जाम गर्ने कार्यक्रम छ । त्यसपछि पनि माग पूरा नभए साउन २९ गते विहान १० बजेदेखि १२ बजेसम्म ई–रिक्सा र टेम्पो कोहलपुर चौराहमा खडा गरी चक्काजाम तथा साउन ३२ गते कोहलपुर वरपरको पूर्व–पश्चिम राजमार्ग एवम् उत्तर–दक्षिण राजमार्ग विहान ७ बजेदेखि साँझ ५ बजेसम्म चक्काजाम गरिने उनीहरुले बताएका छन् । तस्विर÷ मिसन

 

प्रकाशित मितिः बुधबार, साउन १९, २०७३     10:11:57 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *