24 September 2023  |   सोमवार, अशोज ८, २०८०

पानी शुद्धिकरण गर्दैनन् अधिकांश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १८, २०७३  

राबन विश्वकर्मा
बाँसगढी, साउन १८
बर्षातको समयमा अधिकांस मानिसहरुले दुषित पानी पिउने गरेका छन् । बाँसगढीका अधिकांशले नलबाट सिधै पानी पेलेर पिउने गर्छन् । बर्षाको समयमा नलबाट शुद्धिकरण नगरी पानी पिउन नमिल्ने भए पनि अधिकांश मानिसले सोही पानीलाई नै खानेपानीको रुपमा प्रयोग गरिरहेको अवस्था छ ।
बर्षातको समयमा नल, धारा तथा मुहानको पानी शुद्धिकरण गरेर खान बारम्बार सञ्चारमाध्यम मार्फत जानकारी दिइए पनि अधिकांशले पानी शुद्धिकरण नगरेर पिउने गरेका छन् । केहीले फिल्टर मेशिन राखेर नलको पानीलाई शुद्धिकरण गरेर पिउने गरेका छन् । तर, अकिांशले भने शुद्धिकरण गरेको पाइदैन ।
खानेपानी दुषित भएमा त्यसमा रहेका भाइरस, प्रोटोजोवा, ब्याक्टेरिया, परजीवी, जुका, रासायनिक पदार्थ आदिद्वारा मानव स्वास्थ्यमा गम्भीर समस्या देखा पर्ने बिज्ञहरुको भनाई छ । वर्षातको समयमा महामारीको रुपमा फैलने झाडापखाला, आउँ, हैजा, कमलपित्त, टाइफाइड, जुका, प्रोटोजोवासम्बन्धी रोग दुषित पानीको प्रयोगबाट लाग्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । ६०–६५ प्रतिशत पेटसम्बन्धी रोग पनि दुषित पानीकै कारणबाट हुने गर्दछन् । अमोनिया, सल्फाइड, साइनाइड गन्धक, साबुन, अमल, फिनेलजस्ता पानीमा मिसिएका पदार्थले मानव स्वास्थ्यमा नराम्रो असर पुर्याएको हुन्छ ।
बर्षातको समयमा पनि दुषित हुन्छ भनेर धेरैलाई थाहा हुने, स्वास्थ्यमा असर गर्छ भन्ने कुराको जानकारी भए पनि सबै मानिसले शुद्धिकरण नगरी पिउने र आफुहरु पनि शुद्धिकरण नगरी पिउने गरेको बाँसगढी ८ की सबिना थारुले बताइन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र सोरहवाका डा.प्रकाश खड्काले बर्षायाममा रोगबाट बच्न पानी शुद्धिकरण गरेर, उमालेर, फिल्टर गरेर वा घाममा राखेर पिउनुपर्ने बताए ।

प्रकाशित मितिः मङ्लबार, साउन १८, २०७३     11:56:44 AM  |