19 September 2021  |   आइतवार, अशोज ३, २०७८

कास्की समाजको भेला सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १६, २०७३  

कोहल पुर, साउन १६
कास्की समाज बाँकेको शनिवार कोहलपुरमा सम्पन्न दोस्रो भेलाले विधान तयार गरी दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । कास्की सेवा समाज बाँकेका अध्यक्ष डम्बरराज सुवेदीको अध्यक्षतामा भएको भेलाले समाजको विधानलाई अन्तिम रुप दिन र जिल्ला प्रशासन कार्यालयमा दर्ताको लागि पहल गर्ने निर्णय गरेको हो ।
बाँकेमा बसोबास गर्दै आएका कस्केलीहरुले समाजको तर्फबाट विभिन्न सामाजिक कार्य सञ्चालन गर्ने तथा समाजमा भैपरिआउने विभिन्न खालका गतिविधिमा सहभागि हुनको लागि समाजको स्थापना गर्न लागिएको अध्यक्ष सुवेदीले बताए ।विधान मस्यौदा समितिका कृष्णराज पौडेलले लामो समयदेखि कास्कीबाट बाँके आई स्थायी बसोबास गरेका तथा विभिन्न पेशा तथा रोजगारिमा संलग्न रहेका सदस्य हुन पाउने गरी समाजले विधान निर्माण गर्न लागेको जानकारी गराए । उनले कस्केली बन्धुको सुख दुःखमा सहभागी हुने समाजको मूख्य उद्देश्य रहने र आफ्ना सन्ततिलाई जन्मभूमिको बारेमा जानकारीका साथै कला, संस्कृति संरक्षणको लागि समाज मार्फत पहल गरिने बताए । बाँकेमा कस्कीबाट बसाई सराई गरेर आउनेको संख्या कोहलपुर, खजुरा, नेपालगन्जमा उल्लेख्य हुँदै गएको समाजको दावी छ ।

प्रकाशित मितिः आइतवार, साउन १६, २०७३     9:25:08 AM  |