IMG_0026

लगातार परेको वर्षाका कारण जलमग्न अवस्थामा कोहलपुर १२, शान्तिटोल । पानीको उचित निकास नहुँदा शान्तिटोल वर्षेनी डुबानमा पर्दै आएको छ । डुबान भएपछि शान्तिटोलको जनजीवन प्रभावित बनेको छ । वर्षेनी डुबानमा पर्दा समेत सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । यसबारेमा कोहलपुर नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको शान्ति टोल अध्यक्ष तेजराज शर्माले बताए ।          तस्विरः मिसन

  • No tags available
प्रकाशित मिति : २०७३ साउन ७ गते शुक्रबार