मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ४, २०७३
कोहलपुुर, साउन ४
लामो समयदेखि सेक्युरिटी गार्डमा कार्यरत मजदुरहरुले आफ्नो मागको कार्यान्वयन नभएको भन्दै सोमवार पनि क्षेत्रिय टेलिकम कार्यालय नेपालगन्जमा २ घण्टा धर्ना दिएका छन् । आफ्नो हक अधिकार प्राप्तीका लागि लामो समयदेखि नेपाल टेलिकममा कार्यरत सेम्युरिटी गार्डहरुको तलव लगायतका सेवासुविधा समेतको वास्ता नगरेको भन्दै उनिहरुले शुक्रवार ११ बजेदेखि १ बजेसम्म र आइतबार देखि १० बजेदेखि १२ बजेसम्म धर्ना दिएर आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
नेपाल सरकारले राजपत्रमा बृद्धि गरेको तलव भत्ता कार्यन्वयन गराउन आफुहरुले आन्दोलन निरन्तर जारी रहने उनिहरुले बताएका छन् । बारम्बार बार्ता, छलफल गर्दा समेत आफनो मागलाई वेवास्ता गरेको कारण वाध्य भएर आन्दोलन गर्न परेको अखिल नेपाल सेक्युरिटी मजदुर संघ बाँकेको अध्यक्ष शेर बहादुर बुढा मगरले बताए ।