23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

बाँकेमा उजुरी न्युन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ३, २०७३  

कोहलपुर, साउन ४
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगमा उजुरी दिने म्याद सकिएको छ । शान्ति समिति, बाँकेका संयोजक तेजविक्रम शाहका अनुसार सत्य निरुपणमा ९४० र व्यक्ति वेपत्ता छानविन आयोगमा १२६ उजुरी दर्ता भएका छन् । यसअघि चौतर्फीरुपमा आयोगहरुको म्याद बढाउन भनेपछि दुबै आयोगको म्याद १ महिना थप गरिएको थियो ।
वेपत्ता छानविन आयोगको म्याद असार २८ सम्म र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद साउन २ गतेसम्म बढाइएको थियो ।

प्रकाशित मितिः सोमवार, साउन ३, २०७३     2:12:52 PM  |