कोहलपुर, असार २८
राष्टियताको रक्षा, संघियताको खारेजी, माथिल्लो कर्र्णाली लगायतका असमान सन्धीको खोरेजीको माग गर्दै राष्टिय जनमोर्चा बाँकेले विरोध सभा सम्पन्न गरेको छ । कोहलपुरमा मंगलबार विरोध सभामा बोल्दै राष्टिय जनमोर्चा बाँके जिल्ला कार्यवाहक अध्यक्ष गुणानिधि आचार्यले संघियताले देशलाई विखण्डन तिर लिने बताए । वर्तमान राजनीतिक दलहरुले संघियताको नाममा देशलाई विभाजन गर्न लागेको आरोप लगाए ।
कार्यक्रममा नेपाल कम्निष्ट पार्टी (मसाल)बाँकेका प्रवत्ता जग्दिस ढकालले राष्ट संकटको अवस्थामा रहेको भन्दै राजनीतिक दलहरुले राष्टिय एकतामा जोड दिनु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा वाम नेता तुलिराम सापकोटाले राजनीति दलहरुले इतिहास देखि हाल सम्म पनि मुलुललाई विकास र शान्तिको मार्गमा ल्याउन नसकेको चिन्ता व्यक्त गरे । विरोध सभामा राष्टिय जनमोर्चाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
त्यस्तै राष्टिय जनमोर्चाले संघियताको विरोधमा देशैभरी विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २८, २०७३