4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

जाजरकोटीको रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १९, २०७३  

कोहलपुर, असार १९
जाजरकोटी समाज बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले पहिलो कार्यक्रम अन्तरगत गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । सशस्त्र प्रहरी, जाजरकोटी समाज सदस्य लगायतले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुर सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नमस्ते नेपाल यातायात व्यवसायी समिति अध्यक्ष निरज चलाउने, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो । जाजरकोटी समाज बाँके अध्यक्ष किशोरकृष्ण भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन सहसचिव चक्र केसीले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, असार १९, २०७३     10:46:40 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *