27 September 2021  |   सोमवार, अशोज ११, २०७८

दुई लाख नगद चोरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १५, २०७३  

असार १५
बाँकेको कोहलपुरमा बुधबार राति एक पसलबाट दुई लाख रुपौयाँ चोरी भएको छ । जय श्री लक्ष्मी स्टोरबाट राति करिब १ बजे तिर चोरी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुई तले घरको पछाडि पट्टि सिडि लगाएर छतमा गई घर भित्रबाटै भुई तलामा गएर चोरी गरेको प्रहरी जनाएको छ । भुई तलामा रहेको स्टोरबाट अरु कति समान लिएको पुरै जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । साथै जय श्री लक्ष्मी स्टोरका संचालक लक्ष्मी पौडेलका अनुसार १२ बजे सम्म घरपरिवार कुराकानी गरि बसेको र राति १ बजे तिर चोरी भएको हुन सक्ने बताए ।
त्यस्तै चोरीमा संलग्नमा रहेकोहरुको खोजि कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । साथै पसलका केहि समानहरु बाटोमा फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, असार १५, २०७३     8:03:36 PM  |