19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने पक्षमा छैनः देउवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ४, २०७३  

कोहलपुर, असार ४
नेपाली काङ्गे्रसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्यवन गर्ने पक्षमा नरहेको बतँएका छन् ।
प्रेस युनियन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सभापति देउवाले सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर जनतामा झुठको खेती गरिरहेको आरोप लगाएका छन् । संविधान कार्यान्वयन गर्नुभन्दा पनि उखान टुक्का र झुटा आश्वासन बाँड्दै जनतालाई अलमलाइरहेको आरोप लगाए । पुर्व प्रधानमन्त्री समेत रहेका सभापति संविधान कार्यान्वयन गर्नका लागि स्थानीय निकायको निर्वाचन, प्रान्तिय निर्बाचन र केन्द्रिय निर्बाचन हुनुपर्ने बताउँदै त्यसका लागी अहिलेको सरकार अनकनाइ रहेको उल्लेख गरे ।  देउवाले नेपाली कांग्रेसको नेपाली कांग्रेसको मुख्य एजेण्डा भनेकै संविधान कार्यान्वयन बाहेक अरु नभएको बताँउदै सरकार स्थानीय निर्बाचनका लागी कुनै तैयारीमा नरहेको बताए । सरकारको निर्वाचन गराउने कुनै मनसाय नै नभएको बताउँदै देउवाले सरकार कुनै पनि निकायको निर्बाचन गराउने पक्षमा नरहेको दाबी गरे । संसदीय सुनुवाई समिति ७५ सदस्यीय बनाऔं भन्दा नमान्ने सरकारले न्यायधीश र राजदुत नियुक्त गर्न पनि नचाहेको देउवाको आरोप छ । उहाँले मधेसी मोर्चा लगायत संविधानसँग असन्तुष्ट पक्षसँग वार्ताका लागि नेपाली काङ्ग्रेसले समेत पहल गरिरहेको बताउँदै असन्तुष्ट पक्षका मागबारे वार्ताको टेबुलमा बसेर छलफल गरी टुङ्गोमा पुग्नुपर्ने सुझाब दिए ।
देउवाले द्वन्द्वकालमा माओवादीले आफुलाई मार्ने प्रयास गरेको भएपनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा कसैविरुद्ध उजुरी भने नगरेको र नगर्ने पनि स्पष्ट पारे ।

प्रकाशित मितिः शनिबार, असार ४, २०७३     11:29:33 AM  |