कोहलपुर, असार ३
सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्राचार्य प्रकाशराज पौडेलले सरकारले सहकारी मैत्री नीति र बजेटमा प्राथमिकता दिइरहेकाले उत्पादनमुखि काममा लगानी गर्न सुझाव दिएका छन् । पौरखी बहु उद्देश्यीय सहकारी संस्थाको दशौ स्थापना दिवसमा प्राचार्य पौडेलले व्यवसायिक योजना बनाएर उत्पादनमुखि काममा लगानी गर्न हकारीहरुको प्राथमिकता जारी भएको बताएका हुन् । कार्यक्रममा सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीले पँुजी पलायनलाई प्रभावकारी ढङले रोकिरहेको धारणा राख्दै भारतीय सहकारीहरुले नेपालबाट अवैध रुपमा बचत सँकलन गरिरहेकाले रोक्न ध्यानाकर्षण गराए । कार्यक्रममा नेपाल राष्ट्र बैँक नेपालगन्जका निर्देशक भीष्म उप्रेती, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख, गणेश कुमार रेग्मी, राष्ट्रिय सहकारी विकास बोर्डका पुर्व सदस्य पुर्ण लाल चुके, सेभ द चिल्डे«न जीविकोपार्जन कार्यक्रमका प्रमुख रत्न ओझा लगायतको उपस्थिति थियो । कार्यक्रममा सहकारीको क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । सेभ द चिल्डे«न, बाँके पशुसेवा कार्यालय, सामाजिक विकास मञ्च र कृषि सेवा कम्पनीलाई संस्थागत सम्मान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७३ असार ३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्