कोहलपुर,, असार ३
सौन्दर्यकला व्यवसाय संघ कोहलपुर नगरकमिटीको अध्यक्षमा पूर्णिमा पौडेल चयन भएकी छन् । बिहीबार कोहलपुरमा भएको कमिटीको दोश्रो अधिवेशनलाई पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सुकमाया गुरुङ्ग, महासचिवमा बिमला विश्वकर्मा, कोषाध्यक्षमा कल्पना सिग्देल, सचिवमा सविता बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा रमा शाही, रोशनी शाही, रेणु श्रेष्ठ, सारदा खनाल, चन्दा बस्नेत र कमला गुरुङ्ग रहेका छन् । अधिवेशनले ४ सदस्यीय सल्लाकार समिति पनि गठन गरेको छ । जसमा शर्मिला भण्डारी, यमुना पौडेल, चुनु भण्डारी र विर्षपती चौधरी रहेका छन् । कार्यक्रममा सौन्दर्यकला व्यवसाय संघ मध्यपश्चिम उपाध्यक्ष सोनिया श्रेष्ठ, सौन्दर्यकला व्यवसाय संघ बाँके अध्यक्ष दुर्गा अधिकारी, सचिव शोभा पाण्डे लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति : २०७३ असार ३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्