20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुरलाई सुन्दर बनाउन एकजुट हुनुपर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३, २०७३  

कोहलपुर, असार ३
कोहलपुर नगरलाई सुन्दर र सफा बनाउन सबै एकजुट हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार कोहलपुरमा गरिएको ‘हाम्रो कोहलपुर, सफा कोहलपुर’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले कोहलपुरलाई सुन्दर नगरी बनाउन सबै सरोकारवाला, कोहलपुरवासी सम्पूर्ण एकजुट हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्माले कोहलपुरलाई हरित नगर बनाउन नीति बनाएर कार्यक्रमहरु अगाडि बढाइरहेको बताएका छन् । यस्तै फोहोर व्यवस्थापनका लागि पनि प्रयास भैरहेको उनले बताए । उनले सम्पूर्णमा घरमै बिसर्जन गर्न सकिने फोहोरहरु घरमा नै विसर्जन गर्नुपर्ने बताए ।

IMG_2869
कार्यक्रममा कोहलपुर उद्योग व्यापार संघ कोषाध्यक्ष देवानन्द अर्यालले कोहलपुरवासीमा सचेतना जगाउनुपर्ने बताए । दण्ड, जरिवानाले मात्रै फोहोर व्यवस्थापन हुन नसक्ने बताउँदै उनले फोहोर व्यवस्थापनका लागि गाउँगाउँमा कमिटी बनाएर व्यवस्थापन गर्दा उत्तम हुने धारणा राखे ।  होटल व्यवसायी संघ बाँके अध्यक्ष बलराम भट्टराईले आफ्नो व्यवसायीहरुको निगरानी र अनुगमन गरिरहेको बताएका छन् ।
उनले नगरपालिकाले फोहोर नउठाउँदा समस्या भएको बताए । उनले व्यवसायीहरुलाई जथाभावी फोहोर नफाल्न सचेत बनाएको उल्लेख गरे । कार्यक्रममा सहभागीहरुले कोहलपुर नगरपालिकाले एक महिनादेखि फोहोर नउठाउँदा कोहलपुरवासीलाई समस्या भएको गुनासो गरेका थिए । उनीहरुले फोहोरको छिटो भन्दा छिटो व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।  कार्यक्रम शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगञ्जको आयोजनामा भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार ३, २०७३     9:47:46 AM  |