23 September 2023  |   शनिबार, अशोज ६, २०८०

खुर्सानीका बोट सुकेपछि समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७३  

रावन विश्वकर्मा
बर्दिया, जेठ ११
बर्दियाको विकट मानिने राँझा गाँउमा सामुहिक तरकारी खेती गरिरहेका युवाहरुले लगाएको खुर्सानीका बोट सुकेपछि युवाहरु मर्कामा परेका छन् । युवाहरुले लगाएको टमाटर, लौका, फर्सि, करेला लगायतका अन्य तरकारीको उत्पादन रामै्र भए पनि खुर्सानीका बोट भने सबै सकेको कृषक बिनोद कुमार बुढाक्षेत्रीले बताए । खुर्सानी सुकेपनि अन्य तरकारीहरु दैनिक ४ देखि ६ क्विन्टलसम्म बजार लिने गरेको उनले बताए । आफुले उत्पादन गरेको तरकारी कोहलपुर देखि सुर्खेत सम्म पुर्याएको भए पनि मेहनत जतिको मुल्य पाँउन नसकेको तर मेहनत गरे जातीको मुल्य नपाएको कृषक दलबहादुर खत्रीको गुनासो छ । खेती किसानी होस वा अरु कुनै काम होस् परम्परागत ज्ञानसंगै आधुनिक प्रविधिको सीप ज्ञान चाहिन्छ । आधुनिक प्रविधिको ज्ञान नहँुदा आफुहरु अहिले मारमा परेको अर्का कृषक टेकबहादुर गुरुङले बताए । अब कृषि पेशामा आउने युवाहरुलाई तालिम लिएर मात्रै आउन उनीहरुको सुझाव छ । बाँसगढी नगरपालीका १ राँझा गाउँमा करिब करिब २ बिगाहा जग्मामा नमुना कृषि समुह बनाएर बैदेशिक रोजगारीबाट फर्किएका १० जना युवाहरु मिलेर तरकारी खेती गरिरहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७३     11:53:31 AM  |