5 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

  साउदी अरबको एउटै कम्पनीबाट ५० हजार कामदार निकालिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३  

काठमाडौं, बैशाख १८ । साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ ।

कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको सउदी अरबले विभिन्न उपाय निकालिरहेको जनाइएको छ ।

तर बिनलादिन समूहको यस निर्णयले सउदी सरकारलाई कुनै फरक नपर्ने पनि बताइएको छ ।

यो कम्पनी गत वर्ष मक्काको मस्जिदमा १०७ जना मारिने गरी भएको क्रेन दुर्घटनामा यस कम्पनी पनि दोषी पाइएपछि यसमाथि प्रतिबन्ध लगाइएको थियो ।

यो कम्पनीमा अलकायदाका पूर्व नेता ओसामा बिन लादेनको पनि सम्बन्ध रहेको बताइएको थियो । साउदी राजपरिवारबाटै ठूला ठूला निर्माणलगायतका ठेक्का पाउने यस कम्पनीमा कुनै समय दुई लाखसम्म कर्मचारी रहेका थिए । (एजेन्सी)

प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३     8:43:59 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *