25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सातौं वार्षिक उत्सव सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७३  

कोहलपुर, बैशाख ९
कोहलपुरमा रहेको श्री सेन्चुरी एजुकेशनल एकेडेमीको आफ्नो सातौ वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्यावसन बाँकेका सहसचिव रोसन श्रेष्ठले विद्यालयले शैक्षिक विकास गर्नमा जोड विश्वास व्यक्त गरे । विद्यालयले नयाँ नयाँ कार्य गर्दै शैक्षिक नेतृत्व लिन सक्ने बनाउन आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले विद्यालयको प्रगतिको शुभकामना समेत दिए । त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक एवं प्रिन्सिपल भोदेन्द्र रेग्मीले गुणस्तरिय शिक्षामा जोड दिनका लागि नयाँ सोचका साथ लागि परेको बताए । कार्यक्रममा २०७२ सालमा विभिन्न विद्याहरुमा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा यस वर्षको सरसफाईमा उत्कृष्ट विद्यार्थी निगा गुरुङ्ग यु.के.जी., स्कुल प्रथम निमल खड्का कक्षा २लाई पनि सम्मान सहित पुरस्कार वितरण गरिएको थियो । विद्यालयका संस्थापक कर्ण बहादुर कठायतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संचालक कक्षा सातकी पूँजा सिंह र कक्षा ६ का विकल विष्टले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७३     6:00:07 PM  |