कोहलपुर, बैशाख ६
कोहलपुरमा द्वन्द्व पीडित परिवारका लागि मानव बेचविखन सुरक्षित वैदेशिक रोजगार र लैङ्गिक हिंसा विरुद्धको सचेतना मूलक दुई दिने तालिम सम्पन्न भएको छ । समाज सुधार कार्यक्रम नेपालले आयोजना गरेको दुई दिने तालिमको समापन कार्यक्रममा बोल्दै सांसद अञ्जना चौधरीले संविधानले महिलाका हक र अधिकार सँगै बैदेशिक रोजगारका लागि जाने महिलाको विशेष व्यवस्था हुनु पर्ने व्यवस्थामा जोड दिएको बताईन् ।
तालिममा विशेष गरी मानव बेचबिखन, ओसार पोसार र लैङ्गिक हिंसा, महिला हिंसा तथा बालबालिका बेचबिखन विरुद्ध विषय जानकारी गराईएको थियो । समाज सुधार कार्यक्रम नेपालका अध्यक्ष बबरजंग शाहीको सभातित्वमा सम्पन्न भएको थियो । दुई दिने सम्म संचालन भएको तालिममा करिब ७० जनाको सहभागिता रहेको छ ।
प्रकाशित मिति : २०७३ वैशाख ७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्