नववर्षमा फुटबलर ब्याडमिन्टन



कोहलपुर, बैशाख ३
बाँकेको चिसापानीमा नववर्षको अवसर पारेर फुटबल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको छ । चिसापानीस्थित राईजिङ्ग सन युवा क्लबको आयोजनामा खुला ब्याडमिन्टन
(डबल र सिंगल) तथा वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।
बिहीबार भएको फुटबलको फाइनल खेलमा वडा नंं ५ ले वडा नं. ७ लाई पराजित गर्दै उपाधी उचाल्न सफल भएको छ । यसअघि भएको खुला ब्याडमिन्टन सिंगलतर्फ चन्दनसिंह ठकुरी प्रथम र सुरेश चन्द द्वितीय भए । त्यस्तै डबलतर्फ सुरेश चन्द र महेश चौधरीको टोली प्रथम हुन सफल भयो भने पुनित विक्रम शाह र पर्वत खड्काको टोली द्वितीय भएको आयोजकले जनाएको छ ।
२०७२ चैत्र २८ गतेदेखि शुरु भएको प्रतियोगितामा बिजेता हुने टोलीहरुलाई बैशाख ४ गते पुरस्कार वितरण तथा समापन समारोह गरिने आयोजकको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ३ गते शुक्रबार