कोहलपुर, चैत्र ९
शिक्षक बलिदानी दिवसका अवसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन बाँकेले पनि सोमबार विभिन्न कार्यक्रम गरेको छ । जिल्ला अध्यक्ष गणेश कार्कीको सभापतित्वमा नेपालगञ्जमा भएको कार्यक्रममा डेढसय बढी शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले पहिलो शिक्षक सहिद खड्कप्रसाद देवकोटा, ढाकाराम पाठक लगायतप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । साथै कार्यक्रममा सहिदहरुले देखाएको न्यायोचित विकासोन्मुखक विचारको बाटो पछ्याउने र समग्र शैक्षिक गतिविधि समेट्ने खालको शैक्षिक पत्रिका ‘शैक्षिक तरङ्ग’ प्रकाशन गर्ने घोषणा गरिएको छ । सो पत्रिकाको कार्य अघि बढिसकेको जिल्ला कोषाध्यक्ष बद्री ढकालले जानकारी दिए । कार्यक्रममा एमाओवादी बाँके अध्यक्ष अक्कलबहादुर बम, सचिव कृष्णा केसी, अखिल क्रान्तिकारी बाँके अध्यक्ष खुमबहादुर खड्का लगायतको उपस्थिति रहेको
थियो । कार्यक्रमको सञ्चालन सचिव अक्कलबहादुर पुनले गरेका थिए ।
प्रकाशित मिति : २०७२ चैत ९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्