20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

होटल मालिकलाई पूर्वयुवराज पारसले हाने मुक्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १९, २०७२  

फागुन १९

paras_shahकाठमाडौं–पूर्वयुवराज पारसलाई सुध्रिएको देख्न चाहने उनका शुभचिन्तकहरु फेरि एकपटक निराश भउका छन् । आफूले मागे जति रकम नदिएपछि नातेदारलाई पारसले गतसाता कुटपिट गरेकाले उनका हितौषीहरु निराश हुने स्थिति उत्पन्न भएको हो ।
प्राप्त जानकारीअनुसार पूर्वयुवराज पारस निकै खर्चालु छन् र उकै महिनामा लाखौंलाख रुपैयाँ खर्च गर्ने क्षमता उनमा रहेको छ । आफ्ना पिता ज्ञानेन्द्रबाट आफ्नो आवश्यकता पूरा नहुने भएपछि नातेदार, साथीभाई र शुभचिन्तकहरुसँग पारसले रकम मागेर काम चलाउने गरेका छन् ।
गतसाता पोखरा पुगेका पारसले मागेजति रकम नदिएका कारण फेवा ताल किनारमा रहेको फिसटेल होटलका राणा थरका मालिकलाई उनको कार्यकक्षमै कुटपिट गरे । जानकारीअनुसार पारसले ती नातेदार होटल मालिकसँग आफ्नो खर्चको लागि २५ लाख रुपैयाँ मागेका थिए ।
तर, उनले त्यति ठूलो रकम आफूसँग नभएको बताउँदै पाँच लाखसम्म दिन सकिने जानकारी गराए । त्यसपछि क्रुद्व भएका पारसले ‘के म तसँग भिख माग्दैछु ?’ भन्ने प्रश्न गर्दै मुक्का वर्षाएका थिए । आजको घटना विचार साप्ताहिकमा खबर छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १९, २०७२     3:33:44 PM  |