दैलेख, फागुन २ गते। झाडापखालाबाट यहाँ दुई बालकको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा तोलीजैसी–८ नैन तिरुवाका सातमहिने नाति अञ्जल विक र मन्दिरे तिरुवाका आठमहिने नाति कृष्ण विक छन् । गए राति स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको तोलीजैसीका टेकबहादुर थापाले जानकारी दिनुभयो ।
झाडापखाला लागेका बिरामी आउने क्रम जारी रहेकाले झाडापखालाले महामारी लिन सक्ने डा विकास शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले १८ जनाको उपचार भइरहेको छ, बिरामी आउने क्रम जारी छ ।” रासस
प्रकाशित मिति : २०७२ फागुन २ गते आइतबार
प्रतिक्रिया दिनुहोस्