कोहलपुर, माघ २६
नेपालगन्जको भेरी अञ्चल अस्पताल आइसियु कक्ष र विपन्न नागरिक उपचार कोष कार्यक्रमको सोमबार उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्री राम जनम चौधरीले भेरी अञ्चल अस्पतालको आइसियु कक्ष र विपन्न नागरिक उपचार कोषको उदघाट्न गरेका हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री चौधरीले भेरी अञ्चल अस्पतालमा रहेको १ सय ५० शैयाबाट ३ सय शैया पु¥याउने बताए । १ सय २५ बर्ष लामो इतिहास रहेको भेरी अञ्चल अस्पतालको पद्योन्नतीको लागि आफु जति सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
भेरी अञ्चल अस्पतालको भौतिक मास्तर प्लान गरेर विकास गर्ने लक्ष्य रहेको उनले बताए । अस्पतालमा डाइनोसिस मेसिनको खाँचो देखिएको कारण तुरुन्त पठाउने मन्त्री चौधरीले बताए ।
भेरी अञ्चल अस्पतालको भौतिक सुधारको लागि जे जे कमि छ त्यसको परिपुर्तीका लागि आफु कटिवद्ध लाग्ने बताए ।
प्रकाशित मिति : २०७२ माघ २६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्