25 November 2020  |   बिहिबार, मंसिर ११, २०७७

कांग्रेस उपसभापति पौडेल चन्दा संकलनतिर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२  

२० माघ, काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको दाबी गर्दै देश दौडाहामा लागेका उपसभापति रामचन्द्र पौडेलले चन्दा संकलन  शुरु गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भावी सभापतिको दाबी गर्दै विभिन्न स्ट्याटस लेख्दै अाएका पौडेलले हालसम्म १ हजार १ सय ३ पाउन्ड संकलन भइसकेको बताएका छन् ।
अन्तिममा उपसभापति पौडेलले सभापति पद छोड्ने धेरैले अनुमान गरिरहेका बेला उनले सामाजिक सञ्जाल मार्फत सभापति बन्ने अभियानलाई अझ सशक्त बनाउँदै चन्दा संकलन सुरु गरेको आजको नेपाल समाचारपत्रले छापेको छ ।
भ्रष्टाचार वा गलत तरिकाले जम्मा गरेको पैसाले गलत नेतृत्व स्थापना गर्छ भन्दै उपसभापति पौडेलले स्वच्छ प्रतिस्पर्धा र पारदर्शी नेतृत्वको लागि भन्दै ‘सयौँ हात’ अभियान अन्तर्गत चन्दा संकलन गरेका हुन् ।
प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२     1:45:55 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *