माघ १०
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा मालागालाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको हो।
खेलमा बार्सिलोनाले दोस्रो मिनेटमै मुनिरको गोलबाट अग्रता लिएको थियो। तर खेलको ३२ औँ मिनेटमा मालाका लागि जुआन पाब्लोले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो।
खेलको ५१ औँ मिनेटमा लियोनल मेसीले गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता लिएको थियो। बाँकी समयमा दुबै टोलीले गोल गर्न नसकेपछि बार्सिलोनाले खेल २–१ गोल अन्तरले विजयी भयो।
जितपछि २० खेलबाट ४८ अंकका साथ बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान २० खेलवाट ४७ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ४३ अंक छ।
प्रकाशित मिति : २०७२ माघ १० गते आइतबार
प्रतिक्रिया दिनुहोस्