चीनमा गुडिरहेको बसमा आगजनी, १४ जनाको मृत्यु



काठमाडौं, पुस २१ । चीनको सार्वजनिक बसमा आगजनी हुँदा १४ जनाको मृत्यु भएको छ । चीनको निङजिया प्रान्तमा गुडिरहेको बसमा एक्कासी आगजनी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घटनामा ३२ जना घाइते भएकामध्ये आठ जनाको अवस्था गम्भीर छ । बसमा सवार एक ब्यक्तिले आगजनी गर्ने ब्यक्तिको पहिचान गरी फोटो सार्वजनिक गरेकाछन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २१ गते मंगलबार