भलै यो सुन्दैमा अजीब लाग्दछ र हाँसो उठ्छ तर भारतको नयाँदिल्ली पुलिस अहिले तीन गर्भवती बाख्रीसँगै फरार भएको एउटा बोकोको खोजतलासमा जुटेको छ ।
यो घटना साउथ डिस्ट्रिक्ट इलाकाको फतेहपुरीको हो र हालै त्यहाँ त्यस्तो घटना भएको छ ।
पुलिसले भने यसलाई चोरीको घटना भनेको छ । अर्थात् बोकाले बाख्रीहरु अपहरण गरेर भागेको नभै बाख्री र बोका दुबैलाई चोरले चोरेर लगेको ठहर पुलिसले गरेको छ । पुलिसको सइ तहका अधिकारी यो गर्भवती बाख्री तथा बोको हराएको घटनाको छानविनमा खटिएका छन् ।
स्थानीय नफिस नामका किसानले घरमा पालेका बोको र बाख्रीहरु एकसाथ हराएका हुन् । बाख्री र बोकालाई सधैझैँ घरबाहिरको खोरमा थुन्ने गरेको तर एक दिन बिहान ४ बजे उठेर हेर्दा सबै बाख्रीहरु तथा बोका गायब भएपछि आफुले पुलिसलाई खबर गरेको उनी बताउँछन् ।
हराएका बाख्रा तथा बोकाको हुलिया लिएर पुलिस अहिले खोजतलासमा जुटेको भारतीय मिडियाले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्