‘छोटो–छोटो सारी मेरो हातमा सुनको बाला कुरा काट्ने मारिरहन्छन् मेरो आफ्नै चाला’



कन्ट्रोभर्सी क्वीन

‘छोटो–छोटो सारी मेरो हातमा सुनको बाला कुरा काट्ने मारिरहन्छन् मेरो आफ्नै चाला’

तीज गीत ढाडे बिरालोमा अभिनय गरेपश्चात् सिर्जित विवादलाई प्रतिउत्तर दिन गायिका ज्योति मगरले यो तीज गीत गाइन् । उक्त गीतले पनि दर्शक–श्रोताको उल्लेख्य माया पायो । कि रेखाको चल्छ, कि देखाको चल्छ’ ढाडे बिरालोको म्युजिक भिडियोभित्रै ज्योतिले बोलेको एउटा संवाद थियो । जुन फेमस डायलग बन्यो ।

युट्युबमा १९ लाखपटक हेरिएको उक्त म्युजिक भिडियो हेर्ने कतिपय भने ज्योतिमाथि खनिन थाले । भिडियो अश्लील भएको भन्दै ज्योतिको आलोचना भयो । अपेक्षाभन्दा बढी चर्चा पाएको उक्त गीतको अपजसजति सबै अभिनय गर्ने कलाकार ज्योतिमाथि थोपरियो । यहाँसम्म कि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले मुख्य गल्ती ज्योतिको मान्दै उनलाई सचेत गराउन पत्र नै लेख्यो ।
ढाडे बिरालो गीत सार्वजनिक भएपछि आ04122015114234Jyoti-Magar_01-600x0लोचनाकै बीचमा अमेरिका पलायन भएका गायक रामप्रसाद खनालले फेसबुकमा स्टाटस लेखिदिए– ‘चर्चा कमाउनकै लागि हो भने, देखाएकै भरमा हिट हुने भूत चढेको हो भने, ‘नीलो चलचित्र’ खेल्दा चर्चित हुन झन् छिटो होला बरु त्यतै लाग्छ्यौ कि नानी ?’ लोकगीत र दोहोरी गीत पवित्र क्षेत्र भएकाले यसलाई दूषित नबनाउन खनालले चेतावनी दिएका थिए । खनालले भनेका थिए– ‘तिम्रो नग्नता र उत्ताउलोपनले यो पवित्र क्षेत्रलाई दूषित पार्ने धृष्टता नगर ।’ खनालको यो भनाइलाई पहिलो पोस्ट डटकममार्फत ज्योतिले तोडको जवाफ फर्काइन्– ‘उमेरका हिसाबले म उहाँकी छोरीजस्ती मान्छे हुँ । छोरीजस्ती मान्छेलाई ‘नीलो चलचित्र’ खेल भनेर सुझाव दिनेको औकात के हो भन्ने कुरा हो । जहाँसम्म खेल्ने कुरा रह्यो, नीलो चलचित्रका बारेमा उहाँलाई थाहा रहेछ, बनाउनुस्, खेल्नुस्, त्यो चलचित्रमा आफ्नी छोरीलाई पनि खेलाउनुहोस्, त्यसपछि म पनि खेलुँला ।’

पछिल्लो २ वर्षयता ज्योति नेपाली मनोरञ्जनको क्षेत्रमा चर्चामा छिन् । उनले लगाउने छोटा पहिरन र कामुक शैलीको अभिनय निरन्तर चर्चामा रहन्छन् । फिटिङ पहिरनमा उनका उन्नत स्तन सधैं बाहिर निस्कलाझैं गरेर चिहाइरहेका हुन्छन् । चर्चासँगै उनी विवादमा पनि उत्तिकै तानिन्छिन् । पछिल्लो समयमा त उनी विवादकी महारानी (कन्ट्रोभर्सी क्वीन) नै भएकी छिन् । उनको ग्ल्यामरस छविको दायरा बढेको कुरा विभिन्न माध्यमका समाचारमा उनले पाएको स्थानबाट प्रस्ट हुन्छ ।
कुनै सुन्दर वस्तु अवलोकन गर्नु मानिसको अधिकार नै हो नि, आफ्नो शरीरको सबैभन्दा आकर्षक पक्ष स्तन नै भएको उनी बताउँछिन् । ज्योति भन्छिन्– मलाई पनि मेरा स्तन सुन्दर लाग्छन्, मानिसहरू शल्यक्रिया गरेर स्तनलाई आकर्षक बनाउँछन् भन्ने सुनेकी छु, तर मैले प्राकृतिक रूपमै कसिलो स्तन पाएकी छु ।’

त्यसो त सबै कार्यक्रममा उनी छोटा पहिरनमै मात्र देखिन्छिन् भन्ने पनि होइन । ओमान, बहराइन, हङकङ आदिका कार्यक्रममा उनी शरीर ढाकिने गरी परम्परागत गुन्यू चोली र गाउनमा पनि प्रस्तुत भएको बताउँछिन् । बोल्ड एन्ड सेक्सी भएपछि आफ्नो सांगीतिक व्यस्तता ह्वात्तै बढेको कुरा उनी स्वीकार गर्न चाहन्नन् । ६ वर्षयता निरन्तर एउटै गतिमा म सांगीतिक कार्यक्रममा सहभागी भैरहेकी छु, तर हालैका दिनमा विभिन्न चर्चा–परिचर्चाले पहिलेभन्दा डिमान्ड बढेको महसुस हुन थालेको छ, ज्योति भन्छिन्– पछिल्ला १ वर्षमा कार्यक्रमको संख्या बढेको छ ।

कतिपय कार्यक्रममा दर्शकहरू ज्योतिलाई हेर्न वा एकपटक छुनसम्म पाउने आशामा हुन्छन् । टुँडिखेलको होलीको कार्यक्रममा दर्शकहरूको भीडले घेरेर माया दर्साएको क्षण उनका निम्ति सधैं स्मरणमा रहनेछ । त्यो दिन उनले आफू सेलिब्रेटी भएको पहिलो पटक महसुस गरेको उनले बताइन् । त्यस्तै, कोटेश्वरको एक ओपन कन्सर्टमा भने भीडभाडमा स्कर्टिङ गर्दै लैजाँदा एक दर्शकले च्याप्पै स्तन समाएको घटना पनि उनी सम्झन्छिन् । ज्योतिले कार्यक्रमहरूमा किस गर्न खोज्ने, ओठ टोक्न खोज्ने थुप्रै दर्शकको सामना गरिसकेकी छिन् । ‘तर म त्यस्तो बेला भाग्न सिपालु छु,’ ज्योति भन्छिन्– ‘यसले के गर्न खोज्यो भन्ने बुझिहाल्छु, उसले हेर्दा हेर्दै म त्यहाँबाट अलप भैसकेकी हुन्छु ।’

नेपाली लोकगीत र संस्कृतिलाई राम्रोसँग बुझेरै आफूले यस्तो छवि निर्माण गरेको दाबी उनको छ । लोकगीतलाई मर्यादित बनाउनुपर्छ भन्नेहरू आफैंले त्यसमा विकृति भित्र्याएका हुन्, ज्योति भन्छिन्– ‘उनीहरू भित्रभित्रै यो क्षेत्रको बदनामीमा सम्लग्न छन्, अनि गालीचाहिँ ज्योति मगरलाई गर्छन् । मौलिक लोकगीतहरूको इतिहास हेर्दा त्यसमा सेक्सीपन व्यापक छ ।’

दोहोरी गायनमा द्विअर्थी शब्द प्रयोग गर्ने ज्योति नियमित संवादमा पनि त्यस्ता  शब्द प्रयोग गर्न खप्पिस छिन् । ज्योतिले आफ्नै जीवनसँग मेल खाने गीत पनि गाइसकेकी छिन् । पशुपति शर्माका साथमा गाएको रोइला भाकामा पशुपतिले ‘दोहोरी गाउने, नांगै हिँड्ने यही ज्योति मगर होइन, नत्र गीतै नगाए दोहोरी गाउने भए लामो लुगा लगाए’ भन्दा ज्योतिले जवाफ फर्काएकी छिन्– ‘यही पशुपति आएर, तीजका गीत बिगार्‍यो, रत्यौली गीत गाएर, यही पशुपति आएर’ । यो गीतलाई युट्युबमा १३ लाख पटक हेरिएको छ । उनी आफ्नो अहिलेको परिचयप्रति कुनै एंगलबाट पनि लघुताभास गर्दिनन् भन्ने कुरा यो गीतका अन्य शब्दमा आफैंमाथि भएको प्रहारलाई सहज रूपमा लिनुबाट पुष्टि हुन्छ । ज्योति भन्छिन्– ‘मैले मौलिक परिचय खोजें, त्यसमा म सन्तुष्ट छु भने अरूले टाउको दुखाउनु आवश्यक छैन । हट एन्ड सेक्सी परिचय नै यो डल्ली मगर्नीलाई सुहाउँदो छ ।’

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर १८ गते शुक्रबार