‘साउदी बजेट घाटा करिब एक सय अर्ब डलर’



साउदी अरेबियाImage copyrightGetty  

कतिपय अवस्थामा पेट्रोलको मूल्य ५० प्रतिशतसम्मले बढाइने बताइएको छ।

साउदी अरेबियामा बजेट घाटा कम गर्न पेट्रोलको मूल्य ५० प्रतिशतले बढाउदा पनि त्यो अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा निकै कम हुनेछ।

राजा सलमानले सत्ता सम्हालेपछिको पहिलो वार्षिक बजेटमा राजश्व संकलन १५ प्रतिशतले घटेर १ सय ६२ अर्ब अमेरिकी डलरमा झरेको छ।

वार्षिक खर्च अनुमान गरिएभन्दा १३ प्रतिशतले बढेको छ।

‘चुनौती’

साउदी बजेट घाटा कम गर्न पेट्रोल जस्तै डिजेल बिजुली र पानीको मूल्यपनि बढ्ने भनिएको छ।

राजा सलमानले विश्व बजारमा कच्चा तेलको मूल्य घटेर उत्पन्न भएको आर्थिक क्षेत्रीय र अन्तर्राष्ट्रिय चुनौतीका कारण यस्तो अवस्था आइपरेको हो।

“विश्व आर्थिक वृध्दिदरमा कमी आइरहेको छ र खाडी क्षेत्रका केही मुलुकमा अस्थिरता बढिरहेको छ।”

सन् २०१२मा १२५ डलर प्रति ब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले ३७ डलर रहेको छ। यसपाली साउदी अरेबियाको तेल विक्रीबाट उठ्ने राजश्व पोहोरको भन्दा २३ प्रतिशत कम भएको छ।

साउदी अरेबियाको सुरक्षा र सैन्य खर्च पनि अहिले बढ्दो क्रममा छ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १४ गते मंगलबार