वेश्यालयको बिषयमा जापानले ९० वर्षपछि कोरियासँग माफी माग्यो, ऐतिहासिक सम्झौता



Japan and South Korea end dispute over wartime sex slavesसोल, १४ पुस । जापान र दक्षिण कोरियाबीच यौनदासीका विषयलाई लिएर ऐतिहासिक सम्झौता भएको छ । दोस्रो विश्वयुद्धका क्रममा जापानले सैन्य वेश्यालयमा महिलामाथि गरिएको जबरजस्ती यौन शोषणलाई लिएर माफी मागेको छ ।

उसले पीडित महिलालाई ९० लाख डलर क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको छ । दोस्रो विश्वयुद्धका क्रममा जापानले ठूलो संख्यामा दक्षिण कोरियाली महिलालाई सैन्य वेश्यालयमा वेश्यावृद्धिका लागि बाध्य बनाएको थियो । जापानी प्रधानमन्त्री सिन्जो आवेले यो सम्झौताको स्वागत गर्दै यसले दक्षिण कोरियासँगको नयाँ सम्बन्ध सुरुआत प्रतिक्रिया दिएका छन् ।

दक्षिण कोरियाले यस विषयमा जापानले माफी माग्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएको थियो । जापान र दक्षिण कोरियाबीच सन् १९६५ पछि पहिलो पटक यो सम्झौता भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १४ गते मंगलबार