एथेन्स । ग्रीकको संसदले त्यहाँका समलिङ्गीलाई पनि कानुनी मान्यता दिएको समाचार छ । बुधबारको संसद बैठकले सो कानुन पारित गरेको हो ।
ग्रीक संसदले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएपछि युरोपेली देशहरुमा यो कानुन निर्माण गर्ने यो अन्तिम देश बनेको पनि समाचारमा जनाइएको छ ।
विपक्षीहरुले विगत लामो समयदेखि यस्तो मान्याताका लागि आवाज उठाउदै आएका थिए । उनीहरुले यस कानुनको स्वागत गरेका छन् ।
यसअघि बेलायत, फ्रान्स, स्पेनसहित युरोपका कैयौं देशले पुरुष समलिङ्गीको विवाह अधिकारको कानुन बनाइसकेका छन् ।
तर कतिपय दक्षिणी तथा पूर्वी युरोपेली देशहरुले भने यस कानुन निर्माणका क्षेत्रमा भने निकै नै मन्द गतिमा प्रगति गरिरहेका छन् ।
यस नयाँ कानुनले समलिङ्गीहरुले विवाह गरेपछि अपुताली, उत्तराधिकारी र सम्पत्तिसम्बन्धी मुद्दाको सम्बोधन गरेको भएपनि धर्मपुत्र धर्मपुत्री राख्न भने नपाउने व्यवस्था गरेको छ ।
ग्रीक प्रधानमन्त्री अलेक्सिस् सिप्रासले भने– आज मानवअधिकारका लागि यो सबैभन्दा महत्वपूर्ण दिन हो ।
यसअघि सन् २०१३ मा युरोपेली युनियनको मानवअधिकारसम्बन्धी अदालतले ग्रीकको निकै आलोचना गरेको थिए । यही कानुन बनाउन नसकेकोमा उसको विरोध भएको थियो ।
ग्रीक संसदको २४९ सदस्य सङ्ख्या मध्ये १९३ जनाले त्यस कानुनका पक्षमा मतदान गरेका थिए । ५६ जना सांसदले भने विपक्षमा मतदान गरेका थिए ।
एम्नेष्टी इन्टरनेशनलले यस कानुनको स्वागत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्