तालिवानद्वारा हवाई सेनाको आधार शिविरमा आक्रमण, ६ सैनिक मारिए



काठमाडौं, पुस ७ । अफगानिस्तानमा तालिवानले हवाई सेनाको आधार शिविरमा आक्रमण गर्दा ६ जना सैनिक मारिएका छन् । घटनामा अन्य ६ जना घाइते भएका छन् । नेटोले मारिने ६ जना नै बिदेशी सैनिक रहेको बताए पनि उनीहरु कुन देशका सैनिक हुन भन्ने खुलेको छैन ।

आक्रमणलगत्तै तालिवानले घटनाको जिम्मेवारी लिएको थियो । यसअघि राजधानी काबुलमाअमेरिकी नागरिकको हत्या गरेपछि तालीवानका नेता मुल्ला पक्राउ परेका थिए ।

सोही रीस साँध्न तालिवानले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । यता तालिवानले हेल्मन्द प्रान्तको प्रहरी कार्यालयमा पनि घेरा हालेको बताइएको छ । तालिवानीको घेरा तोड्न अफगानी सेनाले प्रयास जारी राखेको छ ।

अफगानिस्तानमा जारी तालिवान आक्रमणको नियन्त्रणका लागि नेटोसहित सहयोगी राष्ट्रका १२ हजार सैनिक तैनाथ छन् । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ७ गते मंगलबार