२५ मंसिर, काठमाडौं ।अमेरिकी संसदको दुवै सदनका डेमोक्रयाटिक र रिपब्लिकन सांसदले नेपाली सामानलाई भन्सार छुट सुविधा दिने सैद्धान्तिक सहमति गरेका छन् ।
नेपालमा वैशाख महिनामा आएको विनाशकारी भूकम्पपछि अमेरिकाको माथिल्लो सदनमा सांसद डायान फेन्सटाइनले नेपालसँगको व्यापार सम्बन्धी विधेयकमा नेपाली सामानलाई भन्सार सहुलियत दिने प्रस्ताव गरेकी थिइन् ।
तर, हालै भएको अन्तरदलीय सहमतिमा भने उक्त विधेयकको साटो अमेरिकी संसदमा विचाराधिन ‘ट्रेड फसिलिटेसन एण्ड इन्फोर्समेन्ट’ विधेयकमा व्यवस्था गरेर नेपालमा भइरहेको पुन: निर्माणको कामलाई सहयोग पुग्ने गरी व्यापार सहुलियत प्रदान गर्ने उल्लेख गरिएको छ ।
अब यो विधेयक सदनमा निर्णयार्थ प्रस्तुत हुनेछ । दुवै दलका सांसदहरुले सहमति जनाइसकेकाले यो विधेयक स्वीकृत हुने सम्भावना बढेर गएको छ ।/#sthash.uReMAnuq.dpuf
प्रकाशित मिति : २०७२ मंसिर २५ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्