बीबीसीले खोल्यो नाकाबन्दीको रहस्य : कारण यसाे रहेछ



बीबीसीले खोल्यो नाकाबन्दीको रहस्य : कारण यसाे रहेछ

काठमाण्डाै , २४ मंसिर– भारतको चर्चित मिडिया बीबीसी हिन्दीले नेपाल–भारत सीमामा भइरहेको यथार्थबारे खुलासा गरेको छ । भारत सरकारले नेपालमाथि नाकाबन्दी नलगाएको बताएता पनि नेपालमा अत्यावश्यक बस्तुको अभाव भएको र मधेसीले पनि सीमामा अवरोध नपुर्याएको बताउँदै बीबीसीले नियन्त्रित नाकाबन्दी भएको खुलासा गरेको हो ।

नाकाबन्दीका नाममा सीमा क्षेत्रमा निकै चलखेल भएको बताउँदै त्यसमा लेखिएको छ, ‘खासमा यो नियन्त्रित नाकाबन्दी हो । यसको रिमोट कन्ट्रोल कुनै अज्ञात हातमा छ । यहाँ भने त्यही नाममा निक्कै चलखेल भैरहेको छ ।’ सवारीलाई आउन जान कुनै रोकतोक नरहेको बताउँदै उसले १४ किलोमिटर लामो लाईन भएको र गाडीवालासँग पैसा लिएर केही गाडी छाड्ने गरिउको खुलासा गरेको छ । सीमा सुरक्षाले माथिको आदेश भन्दै सवारीका साधनलाई नेपाल प्रवेश गर्न नदिएको बीबीसीले खुलाएको छ ।

Captureसमाचारमा भारतले नेपालमाथि राजनीतिक खेल खेलेको घुमाउरो पारामा भनिएको छ । लेखिएको छ, ‘नेपालमा सबैभन्दा बढी तनाव इन्धनले गर्दा भएको छ । ट्रकको लाइनमा तमाशा हेर्न आएकाहरु पनि भन्छन् यो भारतले नेपालमा हिँड्न डुल्न समेत बन्द गरेर बाध्य गराउने रणनीति हो ।’

पढौँ बीबीसीको पूर्ण समाचारः

– See more at: http://purbelinews.com/%e0%a4%ac%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/#sthash.ct5gUIgr.dpuf

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर २४ गते बिहीबार