16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

समसामयिक

बंगलादेशमा ६ तले भवनमा भीषण आगलागी हुँदा ५२ जनाको मृत्यु, धेरै बेपत्ता

बंगलादेशमा ६ तले भवनमा भीषण आगलागी हुँदा ५२ जनाको मृत्यु, धेरै बेपत्ता

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
बंगलादेशको राजधानी ढाकामा ६ तले कारखाना भवनमा भीषण आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन् भने अन्य धेरै व्यक्ति बेपत्ता छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घटना बिहीबार साँझको हो। आगो कारखानाको माथिल्लो तलमा लागेको थियो। भवनभित्र कति जना फसेका छन् भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन। तर बाहिर निस्कन सफल व्यक्तिहरूले भने भित्र रहेका मानिस बाँच्ने सम्भावना निकै कम रहेको
देशभर थपिए २,२३९ संक्रमित

देशभर थपिए २,२३९ संक्रमित

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
कोहलपुर । नेपालमा पछिल्लो २४ घण्टामा शुक्रवार थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको स्वास्थ्य त
असार अन्तिमसम्मै वर्षा हुने

असार अन्तिमसम्मै वर्षा हुने

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
कोहलपुर । देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो हप्तासम्म नै झरी पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । यही बुधवारदेखि म
अवैध काठसहित तीन पक्राउ

अवैध काठसहित तीन पक्राउ

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
कोहलपुर । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले अवैध काठको गोलियासहित तीन जनालाई पक्राउ गरेको छ । सिसौ जातको अवैध काठसहित शुक्रवार विहान गस्तीमा गएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेम बहादुर शाहीले जानकारी दिए । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर, ६ बस्ने बम बहादुर रोक्का मगर, सोही ठ
सुर्खेतमा निषेधाज्ञा खुकुलो,  फेरी एकसाता थपियो निषेधाज्ञा

सुर्खेतमा निषेधाज्ञा खुकुलो, फेरी एकसाता थपियो निषेधाज्ञा

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
सुर्खेत । कोरोना थोकथाम तथा नियन्त्रणको लागि सुर्खेतमा जारी गरिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले केही खुकुलो पार्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेश अनुसार सुर्खेतमा असार ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको छ । ‘कोभिड संक्रमितहरुको संख्या क्रमिक रुपमा कम हुँदै गएता प
कोहलपुरमा बजेटमाथि छलफल शुरु

कोहलपुरमा बजेटमाथि छलफल शुरु

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिकामा बजेट माथि दफाबार छलफल शुरु भएको छ । आगामी आर्थिक वर्ष २०७८०७९ को लागि प्रस्तुत बजेटको करिब ढेड सातापछि बल्ल बजेट माथि छलफल शुरु भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गत असार १० गते कार्यपालिका सदस्य डिलबहादुर परियारद्धारा बजेट प्रस्तुत गरिएको थियो । विगतका वर्षहरुमा कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जुकुमारी चौधरीले बजेट प्रस्तुत गर्दै आएकी थिइन भने
स्वास्थ्यकर्मीलाई ‘कोभिड भत्ता’मा विभेद

स्वास्थ्यकर्मीलाई ‘कोभिड भत्ता’मा विभेद

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
शुभाकर विश्वकर्मा, कोहलपुर बाँकेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा अन्तर्गत विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोभिड जोखिम भत्तामा विभेद गरिएको बताएका छन् । दोस्रो चरणको कोरोनाको समयमा फ्रन्टलाइनरका रुपमा ड्युटी गरेको भएपनि कोभिड भत्ता समान रुपमा नदिइएको गुनासो स्वास्थ्यकर्मीले गरेका हुन् । स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न इकाईमा रहेर कोभिड विरुद्धको अभियानमा सक्रिय रुपमा खटिएको भएपनि स
बर्दियामा युवा संघको वृक्षारोपण

बर्दियामा युवा संघको वृक्षारोपण

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
मधुर पौडेल । बर्दिया । जिल्लाका विभिन्न पालिकाहरुमा युवा संघ बर्दियाले वृक्षारोपण गरेको छ । शुक्रवार जिल्लाका तीन पालिकामा छुट्टाछुट्टै कार्यक्रमका बीच युवा संघले वृक्षारोपण गरेको हो । युवा संघका केन्द्रिय महासचिव तथा नेकपा एमालेका नेता रमेश आचार्यको उपस्थितीमा वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको थियो । उनले गुलरिया नगरपालिका, ३ मा सगुनको बिरुवा रोपेर जिल्लाभर वृक्षारोपण कार्यक्रमको उद्घाट
मन्त्रालयको गाडीमा अश्लिल हर्कतः अपरिचित महिलासँग यौन सम्बन्ध सहमतिमै !

मन्त्रालयको गाडीमा अश्लिल हर्कतः अपरिचित महिलासँग यौन सम्बन्ध सहमतिमै !

    प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८       |
काठमाडौं । भक्तपुरमा विहिबार प्रहरीले अश्लिल हर्कत गर्दा गर्दै पक्राउ गरेको तीन जना थप दुई दिन हिरासतमै रहने भएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै अश्लिल हर्कत गरिरहँदा पक्राउ परेका थिए । उनीहरुलाई आइतबार सीडीओ कार्यालयमा पेस गरिने प्रहरी स्रोतले जानकारी दिएको छ । गत बुधबार राति मन्त्रालयको प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट एक महिला र दुई पुरुष पक्राउ परेक
दैनिक ५ अर्ब बढी राजस्व उठाउँदै सरकार

दैनिक ५ अर्ब बढी राजस्व उठाउँदै सरकार

    प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८       |
आर्थिक वर्ष सकिन एक साता पनि छैन । यस बिचमा सरकारको राजस्व उठ्ने क्रम भने बढिरहेको छ । दैनिक ५ अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्न थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपिएको छ । सरकारको ढुकुटीमा असारको २४ दिनमा ५८ अर्ब ३० करोड ११ लाख रुपैयाँ राजस्व आएको छ । असार मसान्तसम्म आर्थिक वर्षको कर तिर्ने अन्तिम समय पनि भएकाले यस महिना धे
घ्याम्पे डाँडामा सरकारी गाडीभित्र यौन क्रियाकलाप

घ्याम्पे डाँडामा सरकारी गाडीभित्र यौन क्रियाकलाप

    प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८       |
काठमाडौँ । भक्तपुरको घ्याम्पेडाँडामा सरकारी गाडीभित्र भएको यौन क्रियाकलापमा संलग्न युवती श्रीमानसँग झगडा गरेर निस्किएको र बाटोमा हिँडिरहेका बेला बोलाएका पुरुषसँग ‘सहमति’मै त्यहाँ पुगेको प्रहरीले दाबी गरेको छ। ‘युवतीले नै सहमतिमा सम्बन्ध भएको बताएकी छिन्’, भक्तपुरका प्रहरी प्रवक्ता दीपक गिरीले भने। प्रहरीले बुधबार राति घ्याम्पे डाँडाको जङ्गलमा गाडी रोकेर यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन ज
जुम्लामा जातीय विभेद प्रकरण : अन्नत प्रहरीमा दर्ता भयो ,जातीय विभेद विरुद्धको मुद्धा

जुम्लामा जातीय विभेद प्रकरण : अन्नत प्रहरीमा दर्ता भयो ,जातीय विभेद विरुद्धको मुद्धा

    प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८       |
जुम्ला : जुम्लामा पहिलो पटक जातीय विभेद विरुद्धको मुद्धा दर्ता भएको छ । जिल्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कालिबहादुर बुढा र उनका छोरा नविन बुढा विरुद्ध जातीय विभेद विरुद्धको मुद्धा दर्ता भएको हो । नेपाल मजदुर किसान पार्टीबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका बुढा र उनका छोराले कार्यकक्ष भित्रै वडा नम्बर ६ कै दलित युवा विवेन्द्र नेपाली माथि जातीय विभेद गरेका थ