प्रचण्ड खत्री । रूकुम पश्चिम ।
रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ मा वित्तीय प्रगति झन्डै ७९ प्रतिशत हासिल गरेको छ । गाउँपालिकाले कूल ५४ करोड ८३ लाख १५ हजार ६ सय ७१ रूपैयाँ बजेट विनियोजन गरेकामा ४३ करोड २२ लाख ३३ हजार ४ सय ७९ रूपैयाँ मात्र खर्च गर्न सकेको छ । यो कूल बजेटको ७८. ८२ प्रतिशत हो ।
पुँजीगत बजेटको तुलनामा चालू बजेट खर्चको अवस्था राम्रो रहेको छ । चालूतर्फ ३५ करोड १५ लाख २ हजार ७ सय ७५ रूपैयाँ रहेकोमा ३० करोड ८७ लाख ६४ हजार ३२ रूपैयाँ अर्थात् ८७.८४ प्रतिशत वित्तीय प्रगति रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काले जानकारी दिए ।
पुँजीगततर्फको प्रगति भने ७३.३४ प्रतिशत मात्र रहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काका अनुसार पुँजीगततर्फ १९ करोड ६८ लाख १२ हजार ८ सय ९६ रूपैयाँ बजेट विनियोजन भएकामा १२ करोड ३४ लाख ६९ हजार ४ सय १६ रूपैयाँ गाउँपालिकाले खर्च गर्न सकेको छ ।
खड्काले वित्तीय प्रगति हासिल गर्न सहयोग गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरू, गाउँ सभा सदस्यहरू, कर्मचारी, व्यवसायी, उपभोक्ता समिति, राजनीतिक दल, विकास साझेदार लगायतलाई धन्यवाद व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्