लुम्बिनी लायन्सले सार्वजनिक ग¥यो रिटेन गरिएका खेलाडी



बाँके ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले रिटेन गरेका ६ खेलाडीको सुची सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित लुम्बिनीले ६ खेलाडीहरूको नाम सार्वजनिक गरेको हो ।

रिटेन गरिएका खेलाडीहरूमा रोहितसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारी छन् । एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् ।

यसअघि नै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले रिटेन गरेका ६–६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन पनि गर्ने तयारी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार