६३ वर्षीया महिलाको सफल शल्यक्रिया



जुम्ला ।

जिल्लाको तातोपानी गाउँपालिका–७ कि ६३ वर्षीया एक महिलाको पाठेघर डिम्बाशयको सफल शल्यक्रिया भएको छ । पाठेघरको अण्डाशयमा ट्यूमर क्यान्सर भएपछि उनको शल्यक्रिया गरिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् ।  प्रतिष्ठानका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक कविता साहका अनुसार ६३ वर्षीया महिलाको पाठेघरको डिम्बाशयमा ट्यूमर भएको थियो ।

पेटको जाँच, कडा, अनियमित, गतिहीन पिण्ड, प्रति योनी परीक्षण, पाठेघर स्पष्ट नभएको, गतिहीन, प्रतिबन्धित व्यभिचार, पाठेघरको दृश्यमान नभएको क्लिनिकल निष्कर्षपश्चात् शल्यक्रिया गरिएको हो । व्यवस्थापनतर्फ शल्यक्रिया, कूल पेटको हिस्टेरेक्टमी द्विपक्षीय साल्पिङ्गो–ओफोरेक्टोमी, ओमेन्टेक्टोमी, एपेन्डेक्टोमी, डिबल्किंग सर्जरी गरिएको डा. साहले बताइन् ।

उनले भनिन्, ‘हिस्टोपाथोलोजीको लागि नमूना पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग तथा शल्यक्रिया टोली, एनेस्थेसिया टोली र हाम्रा सबै कर्मचारीको संयोजनले सफल शल्यक्रिया सम्पन्न भएको हो ।’ उनका अनुसार निश्चित निदान र थप व्यवस्थापनको लागि हिस्टोपाथोलोजी रिपोर्ट हेरेर घातकता पुष्टि भए केमोथेरापी गर्नुपर्ने हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार