कविन्द्र परियार,कोहलपुर २ माघ/बाँकेको राप्तीसोनारी गाउँपालिका २ शम्शेरजगका डिल्ली गिरीले बोन क्यान्सर बाट पिडित भएकी श्रीमती शुसिला गिरीको उपचारका लागी सहयोगको अपिल गरेका छन विगत लामो समयदेखी बाँया स्तनमा क्यान्सर लागेर पीडित बनेकी की शुसिलाको स्तन क्यान्सर संगै बोन क्यान्सर देखिएपछि उनको उपचारमा थप समस्या देखिएको छ । निकै लामो उपचार गर्दा समेत स्वास्थ्यमा थप समस्या आए पछि गिरी परिवारले सहयोगको अपिल गरेका छन । बोन क्यान्सर पछि शुसिलाको शरिरको तल्लो भाग समेत चल्न छोडेको छ । लामो समय सम्म उपचार गर्दा आर्थिक रुपमा समेत समस्या भएको गिरीको भनाइ छ ।
। करिव ४ वर्ष देखि स्तन क्यान्सर भई बिरामी परेकी शुसिलाको औषधी उपचार भक्तपुर क्यान्सर अस्पतालमा सल्यक्रिया गराउँदा पुनः मेरुदण्ड वोन क्यान्सर भएको छ । उनलाई पि.ई.टि. स्क्यान किमो थेरापी एवम् रेडियसन गर्न परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा आर्थिक समस्या देखिएपछि केही रकम संकलन गरी उनको उपचारमा सहयोग गरिदिन गरिदिन गिरी परिवारले आग्रह गरेको छ । उनको उपचारमा सहयोग गर्न डिल्ली गिरीको नाममा रहेको बैक
अफ काठमाण्डौको खाता नं ०३०५००००२०६५५२४ मा आर्थिक सहयोग गर्न सकिने छ ।
राप्ती सोनारी उद्योग बाणिज्य संघका अध्यक्ष टिकाराम ढुंङ्गाना
वन तथा वातावरण संरक्षण समन्वय समिति ओभरीका अध्यक्ष तुलाराम खत्री
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाँकेका उपाध्यक्ष
शालिकराम डाँगी नेकपा राप्ती सोनारी गाउँपािलका सचिव मनोज
के.सी लगायतको समुहको शुसिला गिरी बचाउ अभियानमा सुरु गरि केही
आर्थिक सहयोग जुटाएका छन ।
उद्योग बाणिज्य संघले संकलन गरेको रकम बाणिज्य संघका अध्यक्ष टिकाराम ढुंङ्गाना, सचिव झलक वली, कोषाध्यक्ष रोशन कुमार श्रेष्ठ, सल्लाहकार शेरजंग गौतम, विष्णु कुमार बटाला, व्यापारी यज्ञ बहादुर कनौँले शुसिलाका श्रीमान् डिल्ली गिरीलाई रु. ६४ हजार ४ सय ५५ रुपैयाँ हस्तान्तरण गरेका थिए ।
चरम आर्थिक अभाव भएको हुँदा उपचारमा समस्या देखिएपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला बाँके र वन तथा वातावरण संरक्षण समन्वय समितिको पहलमा शुसिला बचाउ अभियान संचालन गरी उनको उपचारको लागि सहयोग जुटाउने पहल गरिएको छ गरिएको रकम र सहयोग गर्ने व्यापारीहरुका नाम तपशिल रहेका छन् । साथै वन तथा वातावरण संरक्षण समन्वय समिति ओभरी र सामुदायिक उपभोक्ता महासंघको पहलमा पनि रु, ७५ हजार संकलन भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्