कतिपय यस्ता प्रेमहरू एकोहोरो पनि हुने गर्दछन् । प्रतिस्पर्धा प्रेमभन्दा अलि फरक छ । यसले आफूलाई सर्वेसर्वा घोषणा गर्न प्रेरित गर्दछ । यसले अरुलाई पछि पार्ने र आफूलाई अघि बढाउने कुरामा जोड दिन्छ । यसले अरुको अस्तित्वलाई सहन गर्न सक्दैन । प्रेमले अरुको अस्तित्वमा आफ्नो जीवन देख्दछ भने प्रतिस्पर्धाले अरुको अस्तित्वमा आफ्नो विनास देख्दछ । प्रेमले अरुको अनुपस्थितिमा आफूलाई टिक्न गाह्रो सम्झिन्छ भने प्रतिस्पर्धाले अरुको अनुपस्थितिमा आफूलाई हरेक कुरामा सहज सम्झिन्छ । दुनियाँका दृष्टान्तहरूको अध्ययनबाट प्रेम र प्रतिस्पर्धाको बारेमा मैले प्राप्त गरेको शिक्षा यही हो ।
जीतबहादुर शाह ।
सुपा देउरालीको मन्दिरमा दर्शन गर्न जाने क्रममा बाटोमा सडक दुर्घटनाको दृश्य देख्नुप¥यो । टिप्परमा सवार एकजनाको मृत्यु भएछ र अरु घाइते भएछन् । मृत्यु भएको व्यक्तिलाई बाटोमै कपडाले छोपेर राखिएको थियो । खुट्टा मात्र देखिएका थिए । साथीलाई सोधे– ‘त्यो मान्छे बिरामी हो कि मरेको हो ?’ उनले भने– ‘कुनै हलचल र गति छैन्, मरिसकेको हो ।’ मैले फेरि सोधेँ– ‘किन त सुनसान छ, मान्छे मरेपछि रुवाबास र पीडाबोध हुनु पर्ने होइन र बाँच्ने मानिसहरूलाई ?’ उनले भने– ‘आफन्तहरू कोही आइपुगेका छैनन् होला, अरुलाई रुनु पर्ने नै किन भयो र ?’ साथीको यो भनाइले मलाई भित्रभित्र छोयो कतै । मैले धेरै कुरा सम्झेँ– एउटा मानिस अर्को मानिसको मृत्युमा हत्तपत्त पीडाबोध गर्दैन् ।
पीडाबोध त्यतिबेला गर्दछ जब मृत्यु हुने मानिस आफन्त र चिनजानको हुनुपर्दछ । मानिसले आफ्नो प¥यो भने कुकुरको मृत्युमा समेत आँशु बगाउँछ तर आफन्त परेन् भने मानिसको मृत्युमा पनि बेमतलब भइदिन्छ । मानिसको बारेमा यस प्रकारको निष्कर्ष निकाल्नु पर्दा साँच्चिकै मलाई भने पीडाबोध भयो । दुनियाँतिर फर्केर हेरेँ । एउटा मानिस मरेकोमा अरु जीवित मानिसलाई पीडाबोध नभएका थुप्रै घटनाहरू सम्झेँ । मानिसको मृत्यु बेवारिसे र बेखबरको स्थितिबाट भएका दृश्यहरू पनि आँखा वरिपरि नाच्न थाले ।
मानिसको मृत्यु हुँदा अरु मानिसले नदेखेझैँ गरी र थाहा नपाएझैँ गरी आफ्नो बाटो लागेका अवस्थाहरू पनि सम्झनामा आए । त्यतिमात्र नभइ मानिसहरूको मृत्युको कारण मानिस स्वयम् भएका घटनाहरू पनि स्मृतिपटलमा चलमलाउन थाले । मानिस–मानिसको बीचमा प्रतिशोध र प्रतिस्पर्धा झाङ्गिएकै कारण एकअर्काको विनासको कारण पनि मानिस भएको कुरालाई अनावरण गर्दै यस्तो किन भयो त भनेर आफैँलाई प्रश्न सोध्न मन लाग्यो । संसारमा जवाफ र समाधान नभएको प्रश्न र समस्या नै हुँदैन भन्ने कुरालाई आधार मान्दै उक्त प्रश्नको जवाफ खोज्न थालेँ र अहिले पनि खोजिरहेको छु ।
मदर टेरेसाको जीवन टुहुरा र असहाय बालबालिकाको उद्धार गर्दै बित्यो । प्रेम र सद्भावका भोका बालबालिकाहरूलाई प्रेम र सद्भाव बाँड्दै बित्यो । उनले जीवनको अनुभव यसरी पोखेकी छिन्– ‘हामीमध्ये सबैले उत्कृष्ट काम गर्न त सक्दैनौँ तर उत्कृष्ट प्रेमका माध्यमबाट सानो काम त गर्न सक्छौँ ९ल्यत बिि या गक अबल मय नचभबत तजष्लन दगत धभ अबल मय कmबिि तजष्लनक धष्तज नचभबत यिखभ।०’ उनको यो भनाइबाट हामीले एकअर्कालाई गर्ने सच्चा प्रेमले हामी स्वयम्लाई महान बन्न प्रेरणा मिल्छ भन्ने कुरा प्रमाणित हुन्छ । मदरटेरेसा स्वयम्को जीवन आफैँमा एउटा महान दृष्टान्त हो ।
उनले असहाय बालबालिकाहरूलाई प्रदान गरेको सच्चा प्रेमकै कारण उनलाई महान बन्ने अवसर मिलेको हो । आफूलाई महान बनाउन सफल महात्मा गान्धीले समेत भनेका छन् – ‘बिग्रेको मानिसलाई सुधार्ने एकमात्र औषधी भनेको माया र प्रेम हो ।’ ओशो रजनीशले समेत आफ्नो कृति ‘शिक्षा मे क्रान्ति’ मा यसको बारेमा विस्तृत चर्चा गरेका छन् ।
हाम्रो समाजको स्कुलिङ भने अलि फरक छ । समाजको मात्र होइन शैक्षिक संघसंस्थाहरूले प्रदान गर्ने स्कुलिङ समेतपनि फरक छ । हामी प्रेमलाई होइन प्रतिस्पर्धालाई प्राथमिकता दिएर शिक्षा दिन्छौँ । प्रेमले त्याग र बलिदानीलाई प्रश्रय दिने गर्दछ । प्रेमले सहभाव, सहजीवन, सहकार्य, सहमति र सहअस्तित्वलाई आफ्ना आधारभूत तत्वहरूको रूपमा स्वीकार गर्दछ । प्रेमले बचावट, संरक्षण र अपनत्वलाई अङ्गाल्ने गर्दछ । प्रेमले अरुबाट अपेक्षा कहिल्यै गर्दैन, आफूबाट समर्पण गर्ने कुरालाई मात्र प्राथमिकता दिन्छ । आफूले दिने कुरामा मात्र ख्याल गर्दछ, न कि पाउने कुरामा ।
कतिपय यस्ता प्रेमहरू एकोहोरो पनि हुने गर्दछन् । प्रतिस्पर्धा प्रेमभन्दा अलि फरक छ । यसले आफूलाई सर्वेसर्वा घोषणा गर्न प्रेरित गर्दछ । यसले अरुलाई पछि पार्ने र आफूलाई अघि बढाउने कुरामा जोड दिन्छ । यसले अरुको अस्तित्वलाई सहन गर्न सक्दैन । प्रेमले अरुको अस्तित्वमा आफ्नो जीवन देख्दछ भने प्रतिस्पर्धाले अरुको अस्तित्वमा आफ्नो विनास देख्दछ । प्रेमले अरुको अनुपस्थितिमा आफूलाई टिक्न गाह्रो सम्झिन्छ भने प्रतिस्पर्धाले अरुको अनुपस्थितिमा आफूलाई हरेक कुरामा सहज सम्झिन्छ । दुनियाँका दृष्टान्तहरूको अध्ययनबाट प्रेम र प्रतिस्पर्धाको बारेमा मैले प्राप्त गरेको शिक्षा यही हो ।
प्रतिस्पर्धाको धरातलमा उभिएको मानिस सबैतिरबाट आफूलाई एक्लो बृहस्पति सावित गर्न मरिमेट्छ । मानौँ कि स्थिति यस्तो छ, आलङ्कारिक राष्ट्रपतिको पक्षमा बोल्नेहरू आफू राष्ट्रपति भए भने कार्यकारी राष्ट्रपतिको बारेमा बहस गर्दछन् । सचिव हुन नपाएका सहसचिवहरू सचिवको सङ्ख्या बढाउनु पर्ने कुरामा आफ्ना तर्कहरू पेश गर्दछन् भने तिनै सहसचिवहरू सचिव भए भने सचिव भएकै भोलिपल्टदेखि भाषा फेर्छन र सचिवको सङ्ख्या बढाउनु उपयुक्त छैन् भनेर बहस गर्दछन् । मानौँ कि आजका राष्ट्रपति र सचिवहरू अनन्त कालसम्मका हुन् । वस्तुगत यथार्थलाई काइते तर्क दिएर आफ्नो दुनो सोझ्याउने काम प्रेममा कहिल्यै पनि हुँदैन । प्रेममा त यथार्थ बोलिन्छ । परानुभूति ९भ्mउबतजथ० को भावबाट व्यवहार गरिन्छ । प्रेममा मानिस आफ्नो भन्दा पनि अरुको खुसीको निम्ति दिमागबाट होइन कि दिलबाट प्रस्तुत हुने गर्दछ । प्रतिस्पर्धामा भने यस्ता कुराहरूको गुञ्जायस छैन, बरु सतप्रतिसत वर्जित छन् ।
प्रतिस्पर्धामा घृणा र प्रतिशोध मिसियो भने प्रतिस्पर्धाले राक्षसी रुप धारण गर्दछ । आज यही कारणले एउटा मानिस अर्को मानिसको सामु मानिसको रूपमा होइन कि राक्षसको रूपमा प्रस्तुत भएको पाइन्छ । आज मानिसकै कारणले एउटा देश र अर्को देशको सम्बन्ध चिसिएको छ । सम्बन्ध चिसिने मात्र होइन एउटाको अस्तित्व अर्कोले समाप्त गर्नका लागि आणविक भट्टीहरू निर्माण गरिएका छन् । बमहरू बनाइएका छन् । एउटाले एटम बम तयार गरेको छ भने अर्कोले हाइड्रोजन बम तयार गरेको छ । त्यस्तै अर्कोले सुपर हाइड्रोजन बम तयार गर्ने पक्षमा छ । यत्तिमात्र नभइ अहिले त मानिस एकअर्कालाई सिध्याउनका लागि साइबर बमको प्रयोग गरिरहेको अवस्था छ ।
यसरी आज धेरैका सिर्जनशील मष्तिष्कहरूलाई मानिसकै विरुद्धमा षडयन्त्र र खुराफात गर्ने प्रयोजनका लागि प्रयोग गरिएको छ । प्रतिस्पर्धाभित्र घृणा र प्रतिशोध मिसिएको कारणबाट मानिसले यीे सबै परिणामको सामना गरिरहेको छ भन्दा अतिसयोक्ति नहोला ।
मेरो अहिलेको सरोकार र चासोको विषय भनेको विद्यालयमा प्रतिस्पर्धाभन्दा प्रेमपूर्ण तरिकाले बालबालिकाहरूलाई कसरी शिक्षा दिने भन्ने हो । यसका लागि विद्यालयहरूले बालबालिकाहरूको बीचमा अपनत्वको भावना विकास गर्न सक्नुपर्दछ । शिक्षकहरूसँगको अपनत्व, साथीहरूसँगको अपनत्व, घरपरिवारका सदस्यहरूसँगको अपनत्व र अन्ततः मानिस मानिस र समग्र दुनियाँसँगको अपनत्व । अपनत्व बढाउनका लागि मानिसहरूको बीचका समानताहरूको खोजी गर्नुपर्दछ । कुनैपनि मानिस कुनै पनि मानिससँग हुबहु समान नभए पनि थुप्रै समानताहरू छन् ।
खुसी र पीडाका विषयवस्तुमा समानता छन् । खानपिन र रहनसहनमा समानता छन् । इच्छा, आकाङ्क्षा र आवश्यकताहरूमा समानता छन् । जीवनशैलीमा र स्वभावमा समानता छन् । यस्तै यस्तै समानता धेरै कुराहरूमा छन् । समानताले आत्मीयता बढाउछ भने आत्मीयताले सुमधुर सम्बन्धको विस्तार गर्दछ । हाम्रा कक्षाकोठाहरूमा समानताको खोजी गर्ने यस्ता क्रियाकलापहरू गर्न सकिन्छ । यो वा त्यो विषयमा होइन कि प्रत्येक विषयका कक्षाहरूमा यस्ता समानताहरू खोज्न सकिन्छ ।
मेरो आसय प्रतिस्पर्धा नगरौँ भन्ने पनि होइन र संसारमा हाल भइरहेका सबै प्रकारका प्रतिस्पर्धाको अन्त गरौँ भन्ने पनि होइन । मेरो आसय प्रेरणा र प्रेमबाट प्रेरित भएर प्रतिस्पर्धा गरौँ भन्ने हो । मैले भनेको प्रेम वासना र आशक्तिबाट आकर्षित प्रेम होइन । शारीरिक एवम् जैविक आवश्यकता पूर्तिका लागि गरिने पशुवत प्रेम पनि होइन । मैले भनेको प्रेम बाँच्न प्रेरणा दिने प्रेम हो । मैले भनेको प्रेम संसारमा असल काम गर्नका लागि अभिप्रेरित गर्ने प्रेम हो । अमर जीवन प्राप्तिका लागि ऊर्जा प्रदान गर्ने प्रेम हो र मर्नु परेपनि अरुको निम्ति समेत आपूm स्वयम् मर्न तत्पर हुन सिकाउने प्रेम हो ।
यस्तो प्रकारको प्रेमलाई कक्षाकोठामा विभिन्न क्रियाकलापहरू, प्रयोगात्मक कार्यहरू, जीवनशैलीको अवलोकन र विभिन्न कथा र जीवनीहरूको अध्ययनको माध्यमबाट बालबालिकाहरूमा विकास गर्न सकिन्छ । एकअर्काको सामुहिक भलो र उत्थानका लागि प्रेमपूर्ण तरिकाले प्रतिस्पर्धा गर्न सकिन्छ । यस्तो प्रतिस्पर्धा नजानिदो तरिकाले भइरहेको हुन्छ, विद्यालयमा जाने दाजुले लेखेको देखेर विद्यालयमा नगएकी बहिनीले लेख्न सिकेजस्तै । आरनमा काम गरिरहेको बाबाबाट स्वाभाविक तरिकाले छोराले फलाम पिट्न सिकेजस्तै । यसका लागि एउटै गाह्रो छ, त्यो गाह्रो भने शिक्षक नमूनायोग्य र अनुकरणीय हुनुपर्दछ ।
प्रतिस्पर्धामा पनि प्रेम र सम्मान हुन्छ भन्ने कुरालाई ओलम्पिक खेलमा घटेको वास्तविक घटनाबाट पुष्टि गर्न चाहन्छु । ओलम्पिक दौड प्रतियोगितामा केन्याका प्रसिद्ध धावक अबेल मुताई प्रतियोगिताको अन्तिम चरणमा दौडिरहेका थिए । उनका प्रतिस्पर्धीहरू उनीभन्दा धेरै पछाडि थिए । अबेलले करिबकरिब स्वर्ण पदक निश्चित भइसकेको थियो । तर भूलवश अबेल अन्तिम रेखा सम्झेर अलि परै उभिन्छन् । उनका पछाडि आइरहेको स्पेनेली धावक इभान फर्नान्डिसले यो कुरा बुझेर अबेललाई अगाडि जान कराउँछन् । तर अबेलले स्पेनिस भाषा नबुझेका कारण त्यहीँ उभिरहे । अन्तमा इभानले अबेललाई धकेल्दै अन्तिम रेखामा पु¥याए ।
त्यसकारण अबेल प्रथम र इभान दोस्रो भए । पत्रकारले इभानलाई सोधे –‘तपाईँले स्वर्ण पदक जित्ने अवसर पाउँदा पनि यस्तो किन गर्नु भयो ?’ इभानले जवाफ दिए – ‘मेरो सपना यो छ कि एकदिन हामीले यस्तो मानव जाति बनाऔँ, जसले एक अर्कालाई सहायता गर्नेछ, न कि अरुले गरेको भूलको फाइदा उठाउनेछ ।’ हाम्रा स्कुल र कलेजहरूले बालबालिकाहरूलाई यस्तो प्रेमपूर्ण संंस्कार सिकाउन सके कति जाति हुन्थ्यो होला !
एकजना मित्रले मसँग कुरा गर्ने क्रममा आफ्नो बाजेले आफूलाई असाध्यै माया गर्ने भएको कारण आफूले जमानामा बुढानिलकण्ठमा पढ्नका लागि नाम निकाल्दा पनि बाजेले आप्mनो काख छोडेर पढ्न जान दिनु भएन भनेर अनुभव सुनाउनु भएको थियो । मैले भनेको प्रेम बालबालिकाहरूलाई अनावश्यक रूपमा पुल्पुल्याएर विकासमा बाधा पुग्ने गरी गरिने प्रेम होइन । मैले भनेको प्रेम मानिसहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने कसीको नाउँ हो । मैले भनेको प्रेम एउटा मानिसलाई अर्को मानिसको आवश्यकता छ भन्ने कुराको बोध गराउने शक्ति हो ।
त्यसैले सकिन्छ कक्षाकोठाहरूको उपयोग यसप्रकारको प्रेमलाई हराभरा बनाउनका निम्ति गरौँ । यदि यसो गर्न सकिन्न भने शिक्षाको नाममा कक्षाकोठामा अनावश्यक प्रतिस्पर्धाको वातावरण सिर्जना गरेर नजानिदो तरिकाले मानिसमानिसको बीचमा बैरभाव र दुष्मनी बढाउने काम कसैले नगरौँ । फर्जी विद्यार्थीलाई खेलाडी बनाएर बोनाफाइड विद्यार्थीमाथि हमला गर्ने अपराध त झन् कसैले पनि नगरौँ । हरेक मानिस छुट्टै छ, अनुपम छ र अतुलनीय पनि । त्यसैले सृष्टिले समेत मानिसलाई प्रतिस्पर्धा गर्नका लागि भन्दा पनि एकअर्काको परिपूरक भएर सहकार्य गर्नका लागि सिर्जना गरेको हो । बाँकी हजुरहरूको मर्जी ।









प्रतिक्रिया दिनुहोस्