गौरा मनाउन थातथलो फर्कनेहरुको भीडले तराईदेखि पहाडी जिल्ला जाने यातायातका साधन भरिभराउ छन् । यातायात सेवा कम्पनीहरुले कैलाली र कञ्चनपुरदेखि पहाडी रुटमा नियमित चल्ने भन्दा बढी सवारीसाधन चलाउन सुरु गरेका छन् ।
तराईका कैलाली र कञ्चनपुरबाट मात्र नभइ भारतका विभिन्न सहरमा रोजगारी गरिरहेकाहरु पनि गौरा पर्व मनाउन पुर्ख्यौली थलो फर्कन थालेका छन् ।
कैलाली ।
अधिकमासका कारण तिथिमितिमा विवाद भए पनि सुदूरपश्चिमको ठूलो लोकपर्व गौराको रौनक सुरु भएको छ ।
सोमबार बिरुडा पञ्चमीदेखि सुरु भएको गौरा पर्वको सुदूरपश्चिममा छुट्टै उत्साह रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाइने गौरा पर्व पछिल्लो समय बसाई सराईसँगै मुलुकका विभिन्न भागमा सुदूरपश्चिमेलीले धुमधामका साथ मनाउने गरेका छन् । गौरा मनाउन थातथलो फर्कनेहरुको भीडले तराईदेखि पहाडी जिल्ला जाने यातायातका साधन भरिभराउ छन् ।
यातायात सेवा कम्पनीहरुले कैलाली र कञ्चनपुरदेखि पहाडी रुटमा नियमित चल्ने भन्दा बढी सवारीसाधन चलाउन सुरु गरेका छन् । तराईका कैलाली र कञ्चनपुरबाट मात्र नभइ भारतका विभिन्न सहरमा रोजगारी गरिरहेकाहरु पनि गौरा पर्व मनाउन पुर्ख्यौली थलो फर्कन थालेका छन् ।
गाउँ गाउँमा रहेका मठमन्दिर र बाटाघाटाको सरसफाइ भएको छ ।
गौरा पर्व सुरु हुने बिरुडा पञ्चमीभन्दा अगावै पुरुषहरुले मठ मन्दिरको सरसफाइ गर्छन् । देव जागरणका लागि परम्परागत रुपमा हुने पूजाअर्चनासँगै गौरामा खेलिने चैत, धुमारी, ठाडो खेल र डेउडा सुरु भइसकेको छ । पहाडी जिल्लाहरुसँगै तराईका विभिन्न ठाउँमा गौराका अवसरमा बर्सेनी आयोजना हुने गौरा महोत्सवको तयारी यसपटक पनि भइसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको उल्लास सुरु भएको छ । गौरा पर्वका अवसरमा प्रदेश सरकारले भोली र पर्सी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । सुदूर र कर्णाली प्रदेशमा मनाइने गौराको रौनक अहिले तराईका कैलाली र कञ्चनपुरमा पनि उत्तिकै देखिएको छ ।
प्रदेश राजधानी धनगढीमा गौरा महोत्सव मूल समिति गठन गरेर तयारी सुरु गरिएको छ । कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामा पनि गौरालाई महोत्सवका रुपमा मनाउन डडेलधुरा, बैतडी, डोटी लगायतका जिल्लामा समिति बनाएर तयारी गरिएको छ ।
पहिलो दिन बिरुडा पाँच प्रकारका अन्न भिजाएर क्वाटी बनाउने, दोस्रो दिन बिरुडा सामूहिक रुपमा पँधेरोमा लगेर सफा गर्ने, अमुक्ताभरण सप्तमीका दिन पाँच प्रकारका वल, तील, गुभा, धान र साउँका विरुवा ल्याएर विधिवत गौरा स्थापना गर्ने र महिलाहरुले पूजा गर्ने परम्परा छ । तीन दिनसम्म कठिन व्रत राखेर महिलाहरुले दुर्वाष्टमीमा पूजा गर्ने , सूर्यलाई अर्घ्य दिएपछि चौथो दिनदेखि स्थानीय मठमन्दिरमा धुमधामका साथ गौरा विर्सजन गर्ने परम्परा छ ।
लोकपर्वका रुपमा मनाइने गौरा शिवपार्वतीको परम्परागत पूजा मात्र नभइ सुदूरपश्चिमेली संस्कृतिमा देव जागरण पर्वका रुपमा समेत छ । कुमारी कन्याले सामुहिक रुपमा गौरा भित्र्याउने गर्छन् भने बिदाइ गर्दा भने बुहारीहरुले टाउकोमा गौरादेवीको प्रतिमालाई नचाउँदै फाग गाउँदै मठ मन्दिरमा लैजान्छन् । मन्दिरको परिक्रमा गरेर गौरा विसर्जनपछि डेउडा खेल्ने परम्परा छ ।
यस वर्ष अधिकमास परेका कारण गौरा पर्वको तिथिमितिमा विवाद छ । पञ्चांग निर्णायक समितिले अगस्ति उदयपूर्व गौरा पर्व मनाउनु पर्ने शास्त्रीय मान्यता अनुरुप भदौ ७ गते गौरा पर्वको तिथि तोकेको छ । केही ज्योतिषले काठमाडौंलाई आधार मानेर अगस्ति उदयको समय सुदूरपश्चिममा लागु नहुने भन्दै विरोध जनाएका छन् ।
तर गौरा पर्व मनाइने सुदूरपश्चिमसँग जोडिएका भारतको कुमाउ , गढवालसहित पंञ्चागहरुले २१ गते अगस्ति उदय हुने भएकाले ७ गते नै गौरा पूजन हुने मत राखेका छन् । सुदूरपश्चिममा प्रकाशित हुने अठोला पंञ्चाग र मानस पंञ्चागले पनि ७ गते नै गौरा पूजनको उत्तम समय भएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्