बाँके १ मा १७ सय सय मतगणना : एमालेको अग्रता कायमै,, माओवादी पछ्याउँदै



कोहलपुर  : बाँके क्षेत्र नम्बर १ मा १७ सय मतगण्ना भएको छ । दिउँसोबाट सुरु भएको मतगणनामा अहिलेसम्म कूल १७ सय मतगणना सकिएको हो ।

पछिल्लो अपटेड अनुसार नेकपा एमालेका सुर्य ढकालले ६ सय ६८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज अथकले पछ्याइरहेका छन् ।

उनले अहिलेसम्म ३८३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले ३०५ मत प्राप्त गरेका हुन् ।
ढकियाको १०५ मत आउँदा साइकलले १७ मत पाएको छ । यस्तै घण्टीले ७ मत प्राप्त गरेको छ । क्षेत्र नम्बर १ मा बदर मतको संख्या २२३ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार