बीमा पीडितले बुझाए ज्ञापनपत्र



नेपालगन्ज ।

बीमा पीडित संघर्ष समिति बाँकेले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जीआर भुसालको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमार्फत बीमा समिति केन्द्रीय कार्यालय, अर्थ मन्त्रालय, सबै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई ज्ञापन पठाएको हो ।

ज्ञापनपत्रमा नियमबमोजिम पाउनुपर्ने भुक्तानी यथाशीघ्र हुनुपर्ने, बीमा कम्पनीले ढिला गरेका भुक्तानीहरुको नियमबमोजिम ब्याज पाउनुपर्ने, ललाइफकाइ विभिन्न प्रलोभन देखाइ बीमा ठगी व्यापक रहेको हुनाले कम्पनी तथा एजेन्टहरुलाई कारबाही गर्नुपर्ने, अव्यावसायिक रहेका पोलिसीहरु बन्द गर्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार बीमाको जोखिम मूल्य कायम हुनुपर्ने, बचतमा आधारित बीमाहरु कम्तीमा चक्रीय मुद्रास्फिति वृद्धि सरह हुनुपर्नेलगायतका माग राखिएको छ ।

अध्यक्ष भुसालले बीमितहरुले पाउनुपर्ने सम्झौताबमोजिमको रकम नपाएमा बीमा कम्पनीहरुमा ताला लगाउने, दैनिक कार्यहरु रोक्ने, बीमा पोलिसीहरु समर्पण गराउने र नयाँ बीमा नलिन आम जनसमुदायमा अपिल गर्न बाध्य हुने चेतावनी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ११ गते मंगलबार