डुडुवाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल



नेपालगन्ज (बाँके) ।

डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद पौडेल आएका छन् । लामो समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले मंगलबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

मंगलबार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, लेखा प्रमुख रामबहादुर केसीलगायत कर्मचारीले स्वागत गरेका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायको अन्यत्र सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा पौडेल आएका हुन् ।

कार्यालयको जिम्मेवारी सम्हाल्दै पौडेलले कानुनले दिएको अधिकारभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारबाही प्रक्रिया अघि बढाउने बताए ।

पौडेल यसभन्दा अघि जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासकीय अधिकृत र वाणिज्य कार्यालयका प्रमुखको जिम्मेवारीमा थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ५ गते बुधबार