नेपालगन्ज ।
नरैनापुर गाउँपालिकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईसँग विभिन्न योजनामा रकम माग गरेको छ । बाँके जिल्ला निवासी मन्त्री राईसँग गाउँपालिकाले विकासको अवसरबाट पछाडि रहेको नरैनापुर क्षेत्रको विकासका लागि विभिन्न २३ वटा योजनामा रकम माग गरेको हो ।
गाउँपालिकाको विकासका लागि रणनीतिकरुपले महŒवपूर्ण योजनाहरुमा रकम माग गरिएको गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले बताएका छन् ।
माग गरिएका योजनाहरुमा हुलाकी सडकअन्तर्गत पुरैनादेखि बघौडासम्म अस्पाल्ट सडक, प्रशासकीय भवन, नरैनापुरदेखि अगैया जाने सडक, छात्रा विद्यालय, हुलाकी सडकदेखि सुइया हुँदै बोर्डर जाने सडक, गंगापुरदेखि बनियाँगाउँ सडक, लक्ष्मणपुरदेखि रोशनपुर्वा, लक्षमणपुरदेखि आलिनगर, कालाफाँटादेदि आलिनगर, बालापुरदेखि कालागाउँ, हुलाकीदेखि बर्फानी बाबा सडक, अगैयादेखि जनतापुर, जयरामपुर्वादेखि परशरामपुर, मटेहियादेखि मोतिपुर सडक कालोपत्रेका लागि बजेट माग गरिएको छ ।
यसैगरी हुलाकीदेखि हुलापुर्वा, मटेहियादेखि सोनपुर्वा, हुलाकी–जमुनी–गंगापुर सडक, हुलाकी–कोहला–सोनवर्षा, भगवानपुर–नेवाजी–नयाँ बस्ती सडक, कटकुइँयादेखि पन्नहवा कुट्टी र जमुनाहदेखि सरलापुरसम्म सडक कालोपत्रेका लागि पनि बजेट माग गरिएको छ ।
यसैगरी कोल्डस्टोर निर्माण र बघौडा र कोहलामा गेट निर्माणका लागि मन्त्री बजेट माग गर्दै गाउँपालिकाले मागपत्र बन्त्री राईलाई बुझाएको छ ।









प्रतिक्रिया दिनुहोस्