मौलिक खानाको प्रचारप्रसारका लागि मेला



बाँकेको गाभर भ्याली होमस्टेमा पहिलोपटक मौलिक भोजन मेला आजबाट सुरु हुँदैछ । शनिबार र आइतबार चल्ने रैथानेअर्थात मौलिक भोजन मेला गर्नुको उद्देश्य के हो, यसले गाभरको प्रचारप्रसारमा कति मद्दत पु¥याउन सक्छ भन्नेलगायतका विषयमा मौलिक भोजन मेला आयोजक मूल समितिका संयोजक कृष्णलाल चौधरीसँग गरिएको संवाद ।

कृष्णलाल चौधरी । संयोजक, मौलिक भोजन मेला आयोजक मूल समिति

मौलिक भोजन मेलाको आयोजना गर्नुको कारण के हो ?

यस क्षेत्रको रैथानेअर्थात मौलिक खानपिन तथा यहाँका मौलिक कला संस्कृतिलाई प्रवद्र्धन गर्ने नै मौलिक भोजन मेलाको उद्देश्य रहेको छ । यही उद्देश्यले नै हामीले गाभर भ्यालीमा दुई दिने मौलिक भोजन मेलाको आयोजना गरेका हौं ।

मौलिक भोजन मेलासँगै यहाँ नेपालभरिका निजी तथा सामुदायिक होमस्टेहरुको राष्ट्रिय सम्मेलनसमेत हुँदैछ । होमस्टेमार्फत समुदायमा रहेका रैनाथेअर्थात मौलिक खानपिनलाई प्रवद्र्धन गर्ने, हाम्रा मौलिक भेषभुषा, कला, संस्कृति, प्रकृति जैविक विविधताको संरक्षण एवम् प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको छ ।

समुदायस्तरमा चाहिँ सामुदायिकरुपमा आर्थिक समृद्धि गर्नका लागि विभिन्न अभियानअन्तर्गत हामीले मौलिक भोजन मेलाको आयोजना गर्न गइरहेका हौं । हाम्रा रैथाने खानेकुरा र कला संस्कृतिको अध्ययन गर्नसक्ने अवसरमा रुपमा समेत हामीले यसलाई लिएका छौं ।

मेलामा प्रदर्शनी तथा बिक्रीका लागि के–के राखिन्छन् ?

गाभर भ्याली क्षेत्रमा मौलिक भोजन मेला भए पनि यो यहाँको मात्र नभएर समग्र लुम्बिनी प्रदेशको आयोजना हो ।

किन भने, गाभर भ्यालीमा हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा लोप हुन लागेका संस्कार, संस्कृति तथा लोप हुन लागेका खानपिनका परिकारहरु प्रदर्शनीमा राख्नुका साथै बिक्रीसमेत गरिने छ । लोप हुन लागेका विभिन्न खानाका परिकारहरु मेलास्थलमा नै पकाउने हामीले तयारी गरेका छौं । मेलामा लोप हुन लागेका हस्तकलाका सामाग्रीहरु समेत प्रदर्शनीमा राखिनुका साथै बिक्रीसमेत गरिनेछ ।

मौलिक मेला तथा होमस्टे सम्मेलनले गाभर भ्यालीलाई देशभरि चिनाउन कति मद्दत पु¥याउन सक्छ ?

नेपालभरिका ६६ जिल्लाका होमस्टे सञ्चालक गाभर भ्यालीमा आउनु हुनेछ । उहाँहरुले यस क्षेत्रमा रहेका विभिन्न पर्यटकीयस्थलको बारेमा जानकारी लिनुका साथै अवलोकनसमेत गर्नु हुनेछ । यहाँका रैथानेअर्थात मौलिक स्वाद लिन सक्नु हुनेछ ।

उहाँहरुले गाभर क्षेत्रको रैथाने कला संस्कृतिको मनोरञ्जनसमेत लिनु हुन्छ । मौलिक भोजन मेलाले यस क्षेत्रलाई देशभरि चिनाउने मात्र होइन, पर्यटक भिœयाउनसमेत ठूलो भूमिका खेल्न भन्ने हाम्रो लक्ष्य छ । यहाँ आउनुभएका होमस्टे सञ्चालकहरुले समेत आफ्नो जिल्लामा गएर गाभर भ्यालीको बारेमा प्रचारप्रसार गर्नुहुन्छ भन्ने आशा लिएका छौं ।

मानिसहरुको आकर्षण तयारी खानामा बढ्दै गइरहेका बेला रैथाने खानामा आकर्षण गर्न सहज होला र ?

हो, पक्कै पनि ! पछिल्लो समय मानिसहरु तयारी खानामा आकर्षण छन् । मानिसहरुको बढ्दो व्यस्तताले गर्दा पनि होला सायद । रैथानेखालका लोकल वस्तुहरु हामीसँगै भए पनि त्यसलाई प्रयोगमा ल्याउन नसकेको साँचो हो ।

अब हामीले रैथानेखालका लोकल वस्तुहरु नै उत्पादन गर्नुपर्छ । लोप हुन लागेका हाम्रा परिकारहरु जो खानका लागि स्वादिष्ट पनि छन् । स्वास्थ्यका लागि पनि अति महŒवपूर्ण छन् । ती परिकारलाई बजारीकरण गर्दै व्यवसायीकरण गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ । मौलिक भोजन मेलाले यसलाई केही भए पनि सहयोग पु¥याउनेछ ।

गाभर भ्याली होमस्टेमा मौलिक भोजन मेला आयोजनाको लागि क–कसले सहकार्य समन्वय गरेका छन् ?

यस क्षेत्रमै पहिलोपटक मौलिक भोजन मेलाको सञ्चालन गर्नको लागि लुम्बिनी प्रदेशअन्तर्गतको पर्यटन डिभिजन कार्यालयमार्फत आर्थिक सहयोग पाएका छौं ।

भोजन मेलामा प्राविधिकरुपमा रैथाने एग्री प्रडक्टस् नेपालले सहयोग गरेको छ । सबैको साथ र सहयोगले नै हामीले यसरी मौलिक भोजन मेला गर्न गइरहेका हौं ।

मौलिक भोजन मेलामा कतिजनाको सहभागिता रहने तपाईंहरुले लक्ष्य लिनुभएको छ ?

स्थानीय मौलिक परिवेश झल्किने गरी मेला स्टल निर्माण गरिएको छ । स्थानीयस्तरमा पाइने बाँस, बाँयोलगायतका स्थानीय वस्तुहरु नै प्रयोग गरेर मञ्च र स्टलहरु बनाएका छौं । मेलास्थल नै धेरै आकर्षण हुन्छ ।

नेपालभरिका पर्यटनसँग आबद्ध धेरै व्यक्तिहरु आउँदै हुनुहुन्छ । अन्य क्षेत्रका मानिसको समेत मेलामा सहभागिता हुन्छ । विभिन्न जिल्ला तथा प्रदेशबाट समेत मानिसहरु आउनुहुन्छ । हामीले तीन हजार बढीले मौलिक भोजन मेलाको प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरेका छौं ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

सबैजनालाई शनिबार र आइतबार गाभर भ्याली होमस्टेमा आयोजना हुने मौलिक भोजन मेला अवलोकन गर्न आउन आग्रह गर्दछुँ । रैथाने खानाका परिवारहरुको स्वाद लिन सक्नुहुनेछ ।

आफूलाई चाहिएका रैथाने खानाका परिकार घरमा लगेर किन्न पाइनेछ । यसबारे मेलामा रैथाने खाना, संस्कृतिलगायतका विषयमा बुझ्न पाइन्छ । म फेरि पनि भन्न चाहान्छुँ, सबैजना एकपटक मौलिक भोजन मेलामा आएर अवलोकन गरिदिनुहोला ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १२ गते शनिबार