नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ ।
९७ जनामा बाँकेबाट चार जना युवा नेताहरु परेका छन् । बाँकेबाट कृष्णा केसी (नमूना), नरेन्द्र न्यौपाने, पार्वती पुन (उषा) र अतहर हुसेन फारुकी केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
नमूना बाँके क्षेत्र नम्बर १ प्रदेश क बाट निर्वाचित सांसद हुन भने उषा समानुपातिकबाट लुम्बिनी प्रदेश सांसद हुन् । न्यौपाने माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा २०७४ सालको चुनावमा कोहलपुर नगरपालिकाका मेयर उम्मेदवार हुन् ।
फारुकी नेपालगन्जका चर्चित मुस्लिम नेता हुन् ।
प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार










प्रतिक्रिया दिनुहोस्