कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेर व्यवसाय गर्ने महिलालाई सम्मान गरिएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उद्यमी महिलाहरुलाई सम्मान गरिएको हो । ‘सामाजिक न्याय र लैंगिक समानता, दीगो विकासको सुनिश्चिता’ भन्ने मूल नाराका साथ कोहलपुरमा मनाइएको महिला दिवसको अवसरमा उनीहरु सम्मानित भएका थिए ।
सम्मानित हुनेमा कोहलपुर–११ की सिलाइकटाइ व्यवसायी सोनु गुरुङ, कोहलपुर–१३ भैँसी, बाख्रापालक उद्यमी पवित्रा थापा, नास्ता पसल गरेर जीवीकोपार्जन गर्ने कोहलपुर–११ की भिख्नी थारु सम्मानित भएका हुन् । यस्तै कोहलपुर–९ की बाख्रापालक उद्यमी कुन्ती ओली र वडा नम्बर–१३ की बंगुरपालक उद्यमी तुल्सी दमाईलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
कोहलपुर नगरपालिका हेफर प्रोजेन्ट नेपाल र महिला उपकार मञ्चको साझेदारीमा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत गणित ८० वटा समूहबीच दुई भागमा विभाजन गरी हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । जसमा नौवटा वडाको प्रतिनिधित्व रहेको थियो । दिवसको अवसरमा ती समूहका विजयी टिमलाई पुरस्कार वितरण गरिएको थियो ।
महिला उपकार मञ्चका अध्यक्ष चन्द्रकला न्यौपानेले समूह ‘क’ अन्तर्गत वडा नम्बर २ मा रहेका सातवटा समूह प्रथम वडा नम्बर ८ मा रहेका पाँचवटा समूह दोस्रो, वडा नम्बर १० अन्तर्गतका आठवटा समूह तृतीय भए र वडा नम्बर १ र २ को मिश्रित समूहका सातवटा समूह सान्त्वना भएका छन् । उनले समूह ‘ख’ अन्तर्गत वडा नम्बर ३ र १४ का ६ वटा समूह प्रथम, वडा नम्बर १२ मा रहेका १० वटा समूह दोस्रो, वडा नम्बर १३ का तीनवटा समूह तेस्रो र वडा नम्बर ७ का सातवटा समूह सान्तवना भएको बताइन् ।
दिवसका अवसरमा उनीहरुलाई रजिष्टर क्यालकुलेटर र कलम पुरस्कारका रुपमा वितरण गरिएको थियो । दिवसको अवसरमा आयोजित औपचारिक समारोहमा बिजुला अधिकारी, मेची महाकाली बुहारी संयुक्त आवाजका अध्यक्ष उर्मिला पाण्डे, घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्का, कोहलपुर नगरपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजक नारायणी वली, कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत, प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) र आरती पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दिवस समारोह महिला उपकार मञ्च, उपकार लघुवित्त वित्तीय संस्था र कोहलपुर सामाजिक उद्यमी महिला सहकारीको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।









प्रतिक्रिया दिनुहोस्